क्यानबेरामा Commonwealth Avenue Bridge निर्माणका कारण फेब्रुअरीदेखि बस सेवा बदलिँदै, शुक्रबार–शनिबार बेलुका यात्रा निःशुल्क

क्यानबेरामा चलिरहेको Commonwealth Avenue Bridge को ठूला निर्माण कार्यले आगामी हप्ता–महिनामा ट्राफिक र सार्वजनिक यातायातमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले ACT सरकारले फेब्रुअरीदेखि बस नेटवर्कमा महत्वपूर्ण परिवर्तन लागू गर्ने निर्णय गरेको छ। परियोजना National Capital Authority मार्फत सञ्चालन भइरहेकाले अझै दुई वर्षसम्म यातायातमा गम्भीर अवरोध रहने अनुमान गरिएको छ।

यातायात चाप बढ्ने निश्चित, बस आवृत्ति घट्ने

ACT Transport Minister Chris Steel ले जनाएअनुसार, निर्माणको चरम चरणमा पुलका छमध्ये मात्र तीन लेन संचालनमा रहनेछन्, जसले क्यानबेराको उत्तर–दक्षिण यातायातमा ठूलो असर पार्नेछ।
सरकारले फेब्रुअरीबाट लागू हुने नयाँ बस नेटवर्कमा र्‍यापिड बस सेवामा आवृत्ति घटाउने निर्णय गरेको छ। अब साधारण कार्यदिवसमा अधिकांश र्‍यापिड सेवाहरूको आवृत्ति साँझ ७:३० सम्म १५ मिनेट हुनेछ।

यसबाट सबैभन्दा प्रभावित हुने सेवाहरू—

  • Rapid 2, Rapid 3, Rapid 4 (Belconnen क्षेत्र)

ट्राफिकको प्रभाव कम गर्न अन्य रूटहरूमा केही समायोजन गरिएको छ भने स्कूल सेवाहरू पूर्ववत रहने तर करिब ५१ विद्यालयका लागि समय मिलान (timing adjustment) गरिनेछ।

सवारी दबाबलाई व्यवस्थापन गर्न बस तथा आपतकालीन सेवाका लागि छुट्टै लेन

२ फेब्रुअरीदेखि पुलको उत्तरतर्फ एक समर्पित बस तथा आपतकालीन सेवाको प्राथमिकता लेन निर्माण गरिनेछ। सरकारका अनुसार यसले जाम बढेकै समयमा पनि सार्वजनिक बसलाई तुलनात्मक रूपमा चुस्त यात्राको अवसर दिनेछ।

एउटै समय एकतर्फ मात्र पुल सञ्चालन

निर्माणको चरम चरणमा पुलको एउटा भाग मात्र प्रयोगयोग्य हुने भएकाले दुईतर्फको यातायात, पैदलमार्ग र साइकल लेन एउटै भागबाट सञ्चालन गरिनेछ।
यसै कारण—

  • बिहान साउथबाउन्ड यात्रा १३ मिनेटसम्म ढिलो
  • दिउँसो करिब ७ मिनेटसम्म ढिलो
    हुने सरकारी अनुमान छ।

यसले Kings Avenue लगायतका मुख्य सडकहरूमा पनि दबाब बढ्नेछ। सरकारले यात्रु तथा चालकमाझ Agadhi nai यात्राको योजना बनाउन आग्रह गरेको छ।

शुक्रबार–शनिबार बेलुका बस र लाइट रेल निःशुल्क

Civic क्षेत्रमा Light Rail Stage 2A निर्माणका कारण व्यवसाय प्रभावित भइरहेका बेला सरकारको अर्को पहलका रूपमा निःशुल्क रात्री यात्राको योजना ल्याइएको छ।
अब:

  • प्रत्येक शुक्रबार र शनिबार, साँझ ६ बजेपछि
  • फेब्रुअरीको अन्त्यसम्म
  • बस र लाइट रेल दुवै सेवा निःशुल्क

सरकारको उद्देश्य—

  • रात्री अर्थतन्त्र (Night-time economy) प्रवर्द्धन
  • Civic का रेस्टुरेन्ट, बार तथा मनोरञ्जन व्यवसायमा फुट ट्राफिक बढाउने
  • निर्माणकै बीच स्थानीय व्यवसायलाई राहत दिने

Chris Steel ले क्यानबेरालीलाई आग्रह गर्दै भने—
“निर्माणले केही समय असहज बनाउनेछ। तर हामीले सकेसम्म धेरैलाई सहज बनाउन बस नेटवर्कलाई चुस्त राख्ने कोसिस गरेका छौँ। गर्मी महिनामा बाहिर निस्कनुस्, मनोरञ्जन लिनुस्—र निःशुल्क यात्राको फाइदा उठाउनुहोस्।”

$137.5 मिलियनको पुल पुनर्निर्माणः के–के हुँदैछ?

Commonwealth Avenue Bridge को नवीकरण योजनाअनुसार—

  • पुल संरचना सुदृढीकरण
  • साझा पैदल–साइकल मार्ग विस्तार
  • नयाँ LED लाइटिङ
  • सुरक्षा अवरोधहरू (Safety barriers) पूर्ण प्रतिस्थापन
    कार्य गरिँदैछ।

परियोजना क्यानबेराको भविष्य यातायात संरचनाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ, तर अल्पकालीन अवस्थामा यसले व्यापक अवरोध ल्याउने निश्चित छ।

मार्चसम्म वास्तविक प्रभाव बुझेर पुनः मूल्यांकन

सरकारले फेब्रुअरीदेखि लागू हुने बस परिवर्तनलाई अस्थायी मानेको छ। Chris Steel का अनुसार, सामुदायिक प्रतिक्रिया, वास्तविक ट्राफिक प्रभाव र बस माग विश्लेषणपछि टाइमटेबल फेरि समायोजन गरिनेछ।

Advertisement