क्रिसमस र नयाँ वर्ष नजिकिँदै गर्दा अस्ट्रेलियाका धेरै राज्य र क्षेत्रहरूले सडक सुरक्षा कडाइ गर्न Double Demerit प्रणाली लागू गर्न थालेका छन्। तर, सबै राज्यमा यो नियम एकरूप छैन—कतै छुट्टीमा मात्र लागू हुन्छ, कतै पूरे वर्षभरि, भने केही राज्यले यो व्यवस्था पूर्ण रूपमा अपनाउँदैनन्।
NSW, ACT र WA: छुट्टीमा कडा कडाइ
न्यू साउथ वेल्स (NSW), अस्ट्रेलियन क्यापिटल टेरिटरी (ACT) र वेस्टर्न अष्ट्रेलिया (WA) मा क्रिसमस–नयाँ वर्षसहित अधिकांश छुट्टीका दिन र लामो बिदामा Double Demerit लागू हुन्छ।
यसमा मुख्य छुट्टिहरू — Christmas & New Year, Australia Day, Easter, Anzac Day, King’s Birthday, Labour Day र WA Day — समावेश छन्।
क्रिसमस–नयाँ वर्ष 2025 का लागि मिति:
- NSW: डिसेम्बर २४ – जनवरी ४
- ACT: डिसेम्बर २४ – जनवरी ४
- WA: डिसेम्बर १९ – जनवरी ४
यी स्थानहरूमा Double Demerit लागू हुने गल्तीहरू:
- स्पीडिङ
- मोबाइल फोन चलाएर ड्राइभ
- हेल्मेट बिना मोटरसाइकल चलाएमा
- सीटबेल्ट नलगाउने वा गलत तरिकाले लगाउने
- (WA मा थप) Drink/Drug driving, Running a red light, स्पीड क्यामेरा छल्ने उपकरण प्रयोग गर्नु
क्विन्सल्यान्ड: वर्षभरि लागू हुने ‘repeat offence’ नियम
क्विन्सल्यान्डले Double Demerit छुट्टीमा मात्र होइन, पूरै वर्षभरि लागू गर्छ।
तर यो नियम दोहोरो गल्ती (repeat offence) मा केन्द्रित छ।
एक वर्षभित्र एउटै प्रकारको गल्ती दुई वा बढी पटक गर्दा Double Demerit लाग्छ।
माथि पर्ने गल्तीहरू:
- २० किमी/घन्टा भन्दा धेरै स्पीडिङ
- Drive गर्दा मोबाइल चलाएमा
- ड्राइभर/१६ वर्षमुनिका यात्रुका सीटबेल्ट नलगाएमा वा गलत तरिकाले लगाएमा
- मोटरसाइकल चलाउदा हेल्मेट नलगाएमा
Victoria, SA, NT र Tasmania: डबल डेमेरिट नलाग्ने राज्यहरू
यी चार राज्य/क्षेत्रमा Double Demerit लागू हुँदैन।
तर NSW वा Queenslandको लाइसेन्स भएको ड्राइभरले यहाँ गल्ती गरे पनि उनीहरूको Home- State का नियम लागू हुने हुँदा डबल डेमेरिट पर्न सक्छ।





