अस्ट्रेलियामा जापानीज इन्सेफलाइटिस (Japanese Encephalitis – JE) २०२५–२६ सिजनका लागि पहिलोपटक भेटिएको छ। भिक्टोरियाको ग्रामीण हर्सहम (Horsham) क्षेत्रमा राखिएको मच्छर जालमा भाइरस पत्ता लागेको भिक्टोरिया स्वास्थ्य विभागले पुष्टि गरेको छ।
स्वास्थ्य अधिकारीहरू स्थानीय काउन्सिलसँग मिलेर मच्छर प्रजनन क्षेत्र सफाइ, कीट नियन्त्रण तथा समुदायमा संक्रमण फैलिन नदिने तत्काल कदमहरू चालिरहेका छन्।
JE के हो? कति खतरनाक छ?
जापानी इन्सेफलाइटिस एक मच्छर–जन्य भाइरल रोग हो।
• धेरैजसो संक्रमितमा लक्षण नदेखिने वा हल्का समस्या मात्र देखिन्छ।
• तर २५० मध्ये १ जनामा रोगले इन्सेफलाइटिस (मस्तिष्कमा सूजन) गराउन सक्छ, जसले मृत्यु समेत निम्त्याउन सक्छ।
भिक्टोरियाका Chief Health Officer डा. क्यारोलिन म्याकएलनेका अनुसार,
“मच्छर–जन्य रोगहरू गम्भीर हुन सक्छन्, तर सही सावधानी अपनाए रोकथाम सम्भव छ।”
जोखिममा परेकालाई निःशुल्क खोप
जोखिम क्षेत्रका मानिस तथा Medicare नपाउनेहरूका लागि पनि निःशुल्क JE खोप उपलब्ध गराइएको छ।
रोकथामका उपाय:
• Repellent प्रयोग गर्ने
• लामो बाहुला र सुरक्षात्मक कपडा लगाउने
• बिहान–बेलुकाको समयमा बाहिर ननिस्कने
• घर वरपरको थलो पानी हटाउने
उत्तरी भिक्टोरियामा, विशेषगरी नदी किनार र बाहिरी क्षेत्रमा बसेका वा काम गर्ने व्यक्तिमा जोखिम बढी देखिन्छ।
लक्षण र खतरा
गम्भीर संक्रमण विकसित भएमा देखिन सक्ने लक्षण:
• उच्च ज्वरो
• बान्ता
• टाउको दुखाइ
• sensitivity to light
• neck stiffness
• मस्तिष्कमा सूजन
JE व्यक्ति–व्यक्तिबीच सर्दैन।
तर गम्भीर प्रकार विकसित भएका मध्ये ३०% को मृत्यु हुन सक्छ, र बाँचेकामध्ये ५०% मा दीर्घकालीन स्नायुगत असर देखिन सक्छ।
अधिक जानकारी
भिक्टोरियाका नागरिकले थप सूचना तथा खोप सम्बन्धी विवरणका लागि
• Department of Health Victoria
• Better Health Channel
• आफ्नो GP, स्थानीय काउन्सिल वा सामुदायिक फार्मेसीसँग सम्पर्क गर्न सक्नेछन्।




