अष्ट्रेलियन Taxation Office (ATO) ले देशभरबाट कर छल सम्बन्धी प्राप्त हुने tip-offs अहिलेसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ।
२०१९ मा सार्वजनिक whistleblower service सुरु भए यता ATO ले ३ लाखभन्दा बढी tip-offs दर्ता गरेको छ, जसले कर छलीविरुद्ध जनस्तरको सतर्कता उल्लेखनीय रूपमा बढेको देखाएको छ।
गत आर्थिक वर्षमै मात्र ATO ले लगभग ५० हजार सूचनाहरू प्राप्त गरेको छ। अधिकांश सूचनाहरू shadow economy अन्तर्गत पर्ने गतिविधिहरूसँग सम्बन्धित रहेका छन्—जस्तै नगदमा मात्र भुक्तानी माग्ने, झुटा खर्च देखाउने, वा वास्तविक आम्दानी लुकाउने।
ATO का Assistant Commissioner Tony Goding ले कर छल्नेहरूले इमानदार करदाताहरू र व्यवसायहरूबाट प्रत्यक्ष चोरी गरिरहेको आरोप लगाएका छन्। Goding का अनुसार, “कर तिर्ने दायित्वबाट उम्किन खोज्नु विकल्प होइन ; यस्तो व्यवहारले कर प्रणालीलाई मात्र होइन, इमानदार करदाताहरूलाई पनि थप बोझित बनाउँछ।”
ATO ले अनुमान गरे अनुसार, shadow economy का कारण हरेक वर्ष अर्बौँ डलर बराबरको राजस्व गुमिरहेको छ, जसले देशका स्वास्थ्य, शिक्षा र पूर्वाधारजस्ता सेवाहरूमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। यस वर्ष सबैभन्दा धेरै tip-offs प्राप्त भएका उद्योगमध्ये building and construction, cafés and restaurants, र hairdressing and beauty services अग्रस्थानमा छन्।

जानकारीका अधिकांश स्रोत ग्राहक, कर्मचारी, अन्य व्यवसाय तथा नजिकका व्यक्तिहरू रहेको ATO को भनाइ छ।
राज्यस्तरमा NSW १५,९०७ tip-offs सहित शीर्षस्थानमा छ। Victoria (11,890) र Queensland (10,630) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। Regional स्तरमा Newcastle (NSW) सर्वाधिक सक्रिय क्षेत्रका रूपमा पहिचान भयो भने Queensland का Robina, Sunshine Coast Hinterland, Townsville र Toowoomba पनि उल्लेखनीय रूपमा उच्च संख्यामा tip-offs दर्ज भएकाले सूचीमा समावेश भएका छन्।
गत वर्ष ATO द्वारा विश्लेषण गरिएका सूचनामध्ये ८५ प्रतिशत केस थप अनुसन्धानका लागि उपयुक्त पाइएका छन्, जसले नागरिकद्वारा पठाइने जानकारीको विश्वसनीयता उच्च रहेको देखाउँछ। ATO ले कर छलको संकेत दिने केही ‘red flags’ सार्वजनिक गरेको छ—जस्तै cash-only कारोबार, व्यवसायगत आय–व्ययमा असंगति, नाफा नदेखाउने तर लगानी महँगो देखिने व्यवसाय, र कर्मचारीलाई नगदमा मात्र भुक्तानी।
Goding ले भनेका छन् , “कर छल्नेहरूले कानुनको अवहेलना मात्र गर्दैनन्, उनीहरूको गतिविधिले इमानदार करदातामाथि अतिरिक्त बोझ थपिन्छ। उनीहरु एकपटक समातिएपछि बक्यौता कर तिर्नुका अलावा भारी जरिवाना, ब्याज र कहिलेकाहीँ आपराधिक कारबाही समेत भोग्नुपर्ने हुन्छ।”
ATO ले shadow economy विरुद्धको निगरानी र कारबाही आगामी वर्षहरूमा अझ कडा बनाइने जनाएको छ। साथै, समुदायलाई शंकास्पद गतिविधि र अनियमितता देखिएमा ATO लाई सूचित गर्न पनि आग्रह गरिएको छ।





