Australiaमा अक्टोबर महिनामा बेरोजगारी दर घटेर 4.3 percent मा पुगेको छ। Australian Bureau of Statistics (ABS) ले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार, सेप्टेम्बरमा देखिएको 4.5 percent को तुलनामा रोजगारीमा आएको सुधारले श्रम बजार पुनः स्थिर भएको संकेत दिएको छ। आर्थिक दबाब, उच्च जीवनयापन लागत र कडा मौद्रिक नीतिका बीच पनि रोजगारको स्थितिमा देखिएको यस सुधारलाई विश्लेषकहरूले “सावधानीपूर्वक सकारात्मक(cautiously positive)” परिवर्तनका रूपमा व्याख्या गरेका छन्।
अक्टोबर महिनामा करिब 42,200 व्यक्तिहरूले रोजगारी पाएका छन्। यसमा विशेषगरी full-time employment मा करिब 55,000 भन्दा बढीको वृद्धि हुनु श्रम बजार अझै सक्रिय र माग बलियो रहेको प्रमाण मानिएको छ। श्रम सहभागिता दर 67 percent मै स्थिर रहँदा बेरोजगारी घट्नु र रोजगार बढ्नु एकैसाथ देखिनुले श्रम बजार “tight” रहेको विश्लेषकहरूको मूल्यांकन छ।
गत सेप्टेम्बरमा बेरोजगारी दर 4-year high (4.5 percent) मा पुगेपछि श्रम बजार कमजोर बन्दै गएको चिन्ता बढेको थियो। तर अक्टोबरमा आएको सुधारले त्यो डर केही हदसम्म घटाएको छ। देशका विभिन्न राज्यहरूमा Health, Construction, Education, Hospitality र Tech क्षेत्रमा माग बढेको देखिन्छ। वर्षअन्त्यको busy season नजिकिँदै जाँदा seasonal hiring अझ बढ्ने अपेक्षा गरिएको छ।
यद्यपि रोजगारी बढ्नुले अर्थतन्त्रमा केही राहत दिएको भए पनि inflation pressure भने अझै कम भएको छैन। रोजगार र उपभोग क्षमतामा वृद्धि हुँदा खर्च बढ्ने र त्यसले मूल्यवृद्धिमा थप दबाब आउने सम्भावनाबारे विशेषज्ञहरूले चेतावनी दिएका छन्। यही कारणले Reserve Bank of Australia (RBA) ले ब्याजदर तुरुन्तै घटाउने सम्भावना कमजोर रहेको विश्लेषकहरूको धारणा छ।
Oxford Economics Australia का अर्थशास्त्रीहरूको भनाइ अनुसार, अक्टोबरको रोजगार डेटा सकारात्मक देखिए पनि नीति-निर्माताहरूका लागि चुनौतीहरू भने यथावत् छन्। श्रम बजार कडा रहेको अवस्थामा wage growth बढ्न सक्छ, जसले inflation कायम रहने जोखिम बढाउँछ। विश्लेषकहरूका अनुसार, केवल एक महिनाको सुधारका आधारमा दीर्घकालीन नीतिगत परिवर्तन गर्न सकिँदैन, र आगामी डेटा अझ निर्णायक हुनेछ।
आर्थिक विश्लेषण गर्नेहरूले भनेका छन्—”यदि आगामी महिनामा रोजगारको वृद्धि निरन्तर रह्यो भने उपभोक्ता confidence बढ्ने छ, जसले retail, tourism र service sector मा थप गतिविधि ल्याउन सक्छ। तर उच्च ब्याजदरका कारण केही उद्योगहरू अझै cautious hiring मोडमै छन्, विशेष गरी बैंकिङ, finance र real estate क्षेत्र”

समग्रमा, बेरोजगारी दर घटेर 4.3 percent मा आउनुले Australiaको श्रम बजार पुनः सुधारतर्फ फर्किँदै गएको संकेत गरेको छ। Full-time jobs मा आएको उल्लेखनीय वृद्धि, participation rate को स्थिरता, र उद्योगगत मांगले अर्थतन्त्रलाई केही सकारात्मक दिशा दिएको छ। तर inflation, ब्याजदरको अनिश्चिता र मौद्रिक कडाइका चुनौतीले आगामी महिना श्रम बजार कस्तो दिशा लिन्छ भन्ने कुरामा थप सतर्कता आवश्यक देखिन्छ।





