‘कुलिङ पिरियड’ प्रावधान विवादले संसदकै विश्वसनीयता माथि प्रश्न : सांसद कुँवर

spot_img

प्रतिनिधिसभामा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको विषयले फेरि विवाद सिर्जना गरेको छ। मंगलबारको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले यस विषयमा भएको गडबडीले संसदकै विश्वसनीयता माथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

उनले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे देखिएको विवादले संसदको प्रतिष्ठा मात्र होइन, सांसदहरूको भूमिकामाथि समेत आचरणीय प्रश्न खडा भएको बताए।

यस विषयमा छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदन पास गरेर सभामुख देवराज घिमिरेलाई बुझाइसके पनि समितिमाथि ठूला दलका नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको आरोप आएको भन्दै कुँवरले आपत्ति जनाए।

उनले लोकतान्त्रिक अभ्यासमा पारदर्शिता र जवाफदेहिताको संरक्षणका लागि निष्पक्ष र निष्कर्षमूलक छानबिन अपरिहार्य भएको बताए।

Advertisement