अस्ट्रेलियामा Student Visa प्रणाली दुरुपयोग नगर्न सरकारको चेतावनी

अस्ट्रेलियाली सरकारले केही निजी कलेज तथा education agents लाई Student Visa प्रणालीको दुरुपयोग नगर्न कडा चेतावनी दिएको छ। बन्द हुन लागेको Graduate Diploma of Management (Learning) कार्यक्रममा छोटो समयमै हजारौं नयाँ enrolment देखिएपछि सरकारले यस विषयमा चासो बढाएको हो।

सरकारी अधिकारीहरूले केही provider तथा agents ले visa अवधि लम्ब्याउने उद्देश्यले विद्यार्थीलाई छिटो course transfer गराउने वा वास्तविक अध्ययनको उद्देश्य नदेखिने enrolment गराउन सक्ने आशंका व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय शिक्षा हेर्ने सहायक मन्त्री Julian Hill ले visa system लाई “game” गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। नियम उल्लंघन गर्ने provider वा agent माथि छानबिन, regulatory action तथा आवश्यक परे registration सम्बन्धी कारबाही हुन सक्ने चेतावनी दिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि course छनोट गर्दा केवल visa extension वा migration उद्देश्यमा आधारित निर्णय नगर्न, registered provider र course status जाँच गर्न तथा आफ्नो visa conditions राम्रोसँग बुझ्न आग्रह गरेको छ।

अस्ट्रेलियाले पछिल्लो समय international education sector मा integrity बढाउने, non-genuine enrolment घटाउने र Student Visa प्रणालीमाथिको दुरुपयोग नियन्त्रण गर्ने दिशामा नियम र निगरानी थप कडा बनाउँदै आएको छ।

Advertisement