एआईले अष्ट्रेलियाको अर्थतन्त्रमा ११६ अर्ब डलर थप्न सक्ने सम्भावना

spot_img

(Artificial Intelligence–AI) ले कडा कानुनी प्रतिबन्ध नराखिए आगामी दशकमा अष्ट्रेलियाको अर्थतन्त्रमा ११६ अर्ब अष्ट्रेलियन डलर भन्दा बढी थप योगदान गर्न सक्ने नयाँ प्रतिवेदनले देखाएको छ।

Productivity Commission को Harnessing Data and Digital Technology सम्बन्धी अन्तरिम प्रतिवेदनले सरकारले उच्च जोखिमयुक्त AI का लागि “अनिवार्य कानुनी बन्देज” तत्काल लागू नगरी, विद्यमान कानुनलाई परिमार्जन गरेर खाडलहरू पूर्ति गर्नुपर्ने सुझाव दिएको छ।

Productivity Commissioner Stephen King ले भने, “AI जस्ता नयाँ प्रविधि जोखिमसहित आउँछन्, तर ती जोखिमलाई हालका कानुन र ढाँचाहरू परिमार्जन गरेर सम्बोधन गर्न सकिन्छ। यदि AI लाई मात्र लक्षित गरी अतिरिक्त नियम बनाइयो भने अष्ट्रेलिया पछाडि पर्न सक्छ।”

प्रतिवेदनअनुसार, AI को व्यापक प्रयोगले आगामी १० वर्षमा अर्थतन्त्रमा ११६ अर्ब डलर थप्न सक्नेछ र औसत अष्ट्रेलियालीको वास्तविक तलबमा ४३०० डलरले वृद्धि गर्नेछ। तर यसले केही कामदारलाई विस्थापित गर्ने चुनौती पनि ल्याउने चेतावनी दिइएको छ।

अर्थमन्त्री Jim Chalmers ले AI लाई अष्ट्रेलियाको अर्थतन्त्रका लागि “game changer” भन्दै यसलाई जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “हामीलाई यो प्रविधि मानिसहरूका लागि फाइदा हुनेगरी प्रयोग गर्न जिम्मेवारी छ, पीडित होइन लाभार्थी बनाउनुपर्छ।”

सत्तापक्ष र विपक्ष दुवैले AI मा केही प्रतिबन्ध आवश्यक भएको स्वीकार गरेका छन्, तर प्राविधिक विकासलाई रोक्ने खालको नियम हुनु हुँदैन भन्नेमा जोड दिएका छन्। तर, AI मोडल प्रशिक्षणका लागि अष्ट्रेलियाली कलाकार, मिडिया र जनताका सामग्री प्रयोग गर्ने विषयमा विवाद बढिरहेको छ।

विपक्षी नेतृ Sussan Ley ले भनिन्, “ठूला टेक कम्पनीहरूले मानिसहरूले सिर्जना गरेको सामग्री चोरेर निःशुल्क प्रयोग गर्नु उपयुक्त होइन।”
त्यस्तै Nationals Senator Matt Canavan ले भने, “टेक कम्पनीहरूले हामीले सिर्जना गर्ने सामग्री प्रयोग गरेर पैसा कमाउनु न्यायसंगत होइन।”

AI सम्बन्धी नीति र यसको आर्थिक प्रभाव आगामी आर्थिक सुधारसम्बन्धी राउण्डटेबल बैठकमा प्रमुख एजेन्डा बन्ने भएको छ।

spot_img