अष्ट्रेलियाको Northern Territory तर्फ Tropical चक्रवात Fina निरन्तर अगाडि बढिरहेको छ र मौसमविद्हरूले आजभित्रै यो Category 2 चक्रवातमा रूपान्तरण हुने उच्च सम्भावना बताइरहेका छन्।
अष्ट्रेलियाको Bureau of Meteorology (BOM) ले जारी गरेको चेतावनी अनुसार, यो चक्रवातले व्यापक क्षेत्रमा तीव्र हावा, भारी वर्षा र फ्ल्यास फ्लडिङको जोखिम बढाउनेछ। प्रभावित हुनसक्ने प्रमुख क्षेत्रहरूमा
– Darwin
– Tiwi Islands
– Dundee Beach–Warruwi
– Cobourg Peninsula
– Batchelor, Minjilang, Gunbalanya
– Pirlangimpi, Milikapiti, Wurrumiyanga
जस्ता बस्तीहरू समावेश छन्।
हालैका मापनअनुसार, तटीय क्षेत्रमा १२० किलोमिटर प्रतिघन्टा वेगका हावाका झोक्का चलीरहेका छन्।
अझै, चक्रवातसँगै आउने वर्षाले ३०० मिलिमिटर सम्म पानी पर्न सक्ने पूर्वानुमान छ, जसले विशेषगरी Tiwi Islands र Warruwi मा आकस्मिक बाढी (flash flooding) को जोखिम बढाएको छ।
सबैभन्दा जोखिमपूर्ण पक्षहरू
• तीव्र हावाझोकाबाट संरचनात्मक क्षति हुने सम्भावना
• भारी वर्षाका कारण नदी–नाला भरिने र सडक अबरुद्ध हुने जोखिम
• तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरणको तयारी गरिनुपर्ने
• विद्युत् अवरोध र टेलिकम्युनिकेशनमा समस्या आउन सक्छ
यसअघि यस्तो चक्रवात
Darwin ले यसअघि अन्तिमपटक ठूलो प्रभाव २०१८ मा Tropical Cyclone Marcus को रूपमा देखेको थियो, जुन Category 2 को रूपमा भू–भागमा प्रवेश भएको थियो। मौसमविद्हरूका अनुसार Fina को संरचना र गतिलाई हेर्दा, यसले त्यसै स्तरको प्रभाव पुर्याउने संकेत देखिएको छ।
सुरक्षा तयारी
Bureau of Meteorology र स्थानीय प्रशासनले नागरिकलाई असुरक्षित ठाउँबाट टाढा रहन, खाना, पानी र आपतकालीन सामग्री तयार राख्न, नियमित अपडेट सुन्न, तटीय क्षेत्रमा अनावश्यक यात्रा नगर्न कडा आग्रह गरेका छन्।





