नेपालकी कराते खेलाडी एरीका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिप २०२५ मा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक आफ्नो प्रभुत्व जमाएकी छन्।
६८ केजी तौल समूहको फाइनल खेलमा उनले घरेलु मैदानकी अस्ट्रेलियन प्रतिद्वन्द्वीलाई ५-० को स्पष्ट अन्तरले पराजित गर्दै शीर्ष स्थानमा नाम लेखाएकी हुन्।
एरीकाले यस जितलाई “आत्मविश्वास बढाउने ऐतिहासिक उपलब्धि” भन्दै खुसी ब्यक्त गरेकी थिइन् । “एशियन गेम्समा रजत जितेपछि यो स्वर्ण मेरो लागि प्रेरणादायी छ।

नेपालबाट प्रतियोगितामा सहभागी अन्य चार खेलाडीहरू —
- सन्तोष श्रेष्ठ
- सबीना श्रेष्ठ
- पुष्पका लामा
- वर्षा बुढामगर
ले आ-आफ्नो तौल समूहमा उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका छन्।
प्रशिक्षक मन्डेकाजी श्रेष्ठले एरीकाको खेलप्रति प्रशंसा गर्दै, “उनको आत्मविश्वास र तयारी दुवै उच्च स्तरको थियो,” भन्नुभयो। अर्का प्रशिक्षक कुशल श्रेष्ठले भने, “सबै खेलाडीको प्रदर्शन सानदार रह्यो। मेहनत र लगनको फल मिठो देखिएको छ,” भन्दै खुसी व्यक्त गर्नुभयो।
अस्ट्रेलियन ओपनजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालबाट सहभागी खेलाडीहरूको प्रदर्शनले फेरि एकपटक नेपालको कराते खेलमा उदीयमान क्षमताको सशक्त सन्देश दिएको छ।
