अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत Geelong नजिकैको Hamilton Highway मा भएको एक भीषण सवारी दुर्घटनामा ३२ वर्षीय नेपाली युवकको दुःखद निधन भएको छ।
चितवन स्थायी ठेगाना भएका ती युवक केही दिनअघि मात्रै अष्ट्रेलियाको स्थायी आवास (PR) प्राप्त गरेका थिए। तर नियतिको निर्मम खेलले त्यो खुसी परिवारसँग बाँड्ने मौका नै नदिई चुँडाएर लग्यो।
दुर्घटना रातको समयमा अप्रिल ३ तारिखमा राति साढे आठ बजेतिर भिक्टोरिया राज्यमा पर्ने जिलोङ नजिकै रहेको Hamilton Highway मा भएको हो। प्रहरी स्रोतका अनुसार, उनको गाडी अचानक अनियन्त्रित भई सडकबाट बाहिर निस्केर रुखमा ठोक्किएको थियो। दुर्घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।
घटनापछि भिक्टोरियास्थित नेपाली दूतावासले एक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।
सामाजिक सञ्जालमा मृतकका साथीहरूले शोक र श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई मेहनती, सौम्य स्वभावका, र सहयोगी व्यक्तिका रूपमा सम्झिरहेका छन्।
यो दुर्घटना अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि एक गहिरो झट्का बनेको छ।
प्रवासी जीवनमा संघर्ष गर्दै अघि बढिरहेका धेरै नेपाली युवाहरूका लागि यो घटना सावधानी र सुरक्षित यात्राको महत्व सम्झाउने चेतावनी पनि हो।
शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना।
जीवनको अनिश्चितताबीच, सावधानी नै सुरक्षा हो।
