ओसियानिया स्पोर्ट्स मिट 2025 आगामी April 18 देखि आयोजना हुदै

ओसियानिया क्षेत्रका नेपालीहरूको मिनी ओलम्पिकको रूपमा चिनिने Oceania Nepali Sports Meet 2025 (ONSM 2025) आगामी अप्रिल १८ देखि २० तारिखसम्म western Australia को Perth मा आयोजना हुने भएको छ।

समुदायबीच भाइचारा प्रवर्द्धन गर्दै खेलकुदको विकास गर्ने उद्देश्यसहित यस स्पोर्ट्स मिट आयोजना गरिएको हो ।

यस खेलकुद महोत्सवमा अस्ट्रेलियाका सबै राज्यहरूका साथै New Zealand, Fiji र Papua New Guinea का खेलाडीहरूको सहभागिता रहनेछ। करिब ५०० भन्दा बढी खेलाडीहरू विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।

ONSM 2025 अन्तर्गत विभिन्न १० खेल विधाहरू समावेश गरिएका छन्, जसमा रनिङ, फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, स्विमिंग, क्रिकेट र गल्फ खेल समावेश छन्।

आयोजक कमिटिका संयोजक Ang Dawa J. Sherpa का अनुसार यो प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने मात्र नभई मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धन गर्न पनि योगदान पुर्‍याउने बताउनु हुन्छ।

यस स्पोर्ट्स मिटलाई सफल बनाउन NCA-WA, NVA-WA, WANFA, NRNA-WA, NAWA लगायत विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको छ। खेलहरू Perth Metro Area मा आयोजना गरिने आयोजक कमिटिका सदस्य हरिबंश संजेल (Suman) ले बताउनु भएको छ।

Aussie Finance & Home Loan र Expert Education & Visa Services प्रमुख प्रायोजकका रूपमा रहेका छन्। साथै, अन्य व्यवसायी तथा संघसंस्थाहरूलाई पनि प्रायोजनको अवसर प्रदान गरिएको छ।

यस स्पोर्ट्स मिटलाई Road Safety Commission बाट समेत अनुदान प्राप्त भएको आयोजक कमिटिले जनाएको छ।

आयोजक कमिटी उपसंयोजक दिपक बस्नेत का अनुसार प्रतियोगिता सम्पन्न गर्न १,४०,००० भन्दा बढी अस्ट्रेलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ। खेलकुद महोत्सव सफल बनाउनका लागि स्वयंसेवकहरूको आवश्यकता पर्ने भएकाले नेपाली खेल प्रेमी तथा नयाँ पुस्तालाई सहभागी हुन आग्रह गरिएको छ।

ओसियानिया क्षेत्रमा रहेका नेपाली समुदायको सहकार्य र सहभागिताले यस खेल महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने आयोजक कमिटिको अपेक्षा रहेको छ।