टेक्सासबाट प्रक्षेपण भएको SpaceX Starship रकेट केही समयमै विस्फोट

अर्बपति व्यापारी र ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीको Starship रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही क्षणमै विस्फोट भएको छ।

रकेट विस्फोटपछि केही विमानस्थलका उडानहरू रद्द गर्नुपरेको थियो भने अन्तरिक्षयानका भग्नावशेष खस्न सक्ने भन्दै चेतावनी जारी गरिएको थियो। SpaceX का अनुसार चालकविहीन यो अन्तरिक्षयान अन्तरिक्षमा पुग्नुअघि नै सम्पर्कविहीन भएको थियो। अहिलेसम्म निर्मित सबैभन्दा विशाल Starship रकेट नियन्त्रण बाहिर गएर विस्फोट भएको बताइएको छ।

हालसम्म कुनै घाइते वा क्षतिको जानकारी आएको छैन। तर, क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष खसिरहेको देखिएको छ।

यो Starship परीक्षणको आठौं मिसन थियो, जसले लगातार दोस्रो असफलता बेहोर्‍यो।