क्यानबेरा: अस्ट्रेलियाको ग्रानभिल पार्कमा नेपाली समुदायहरुको रंगहरुको पर्व होली हंगामा कार्यक्रमको आयोजना हुने भएको छ ।
एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले आगामी मार्च १५ शनिबार, ’होली हंगामा’ कार्यक्रमको आयोजना गर्ने भएको हो । रंगहरुको पर्व होली हंगामा सिड्नीमा रहेका विभिन्न जातीय समुदायका नेपालीहरु भेला भएर आपसमा रंग दलेर सामाजिक सद्भाव कायम गदै शुभकामना आदान प्रदान गरी साँगीतिक कार्यक्रम गरेर होली मिलन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) द्वारा प्रस्तुत यस होली मेला नेपाली र अस्ट्रेलियाका विभिन्न कलाकारहरूले साँगीतिक प्रस्तुती दिने बुझीएको छ । कार्यक्रममा ह्वाइट स्पट ग्रुपको आर्कषक प्रस्तुती हुनेछ । सोही कार्यक्रममा सुदीन पोखरेल,सोभित बस्नेत,आरिफ रौफ,शुसान्त गौतम, सन्ध्या जोशी,उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज र जेनिशा गौतम जस्ता कलाकारहरूको प्रस्तुती रहने छ ।
होलि हंगामामा प्रवेशको लागि कुनै शुल्क लाग्ने छैन । जसले सबैलाई खुला र सस्तो मूल्यमा सांस्कृतिक अनुभव प्राप्त गर्ने अवसर दिन्छ । आयोजक संस्थाले नेपाली समुदायलाई आपसमा मिलेर होलीको रंगीन र उल्लासपूर्ण माहौलमा रमाइलो गर्ने आह्वान गरिएको छ ।
