घट्यो सुनको मुल्य, चाँदीको बढ्यो

फाल्गुण २३, २०८१ काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।