हरिवंश आचार्य अभिनित ‘भूठान’ १२ बैशाखमा प्रदर्शन हुने

हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’ को प्रदर्शन मिति तय भएको छ। अंग्रेजी नाम ‘The World’s Happiest Man’ दिइएको यो फिल्म आगामी १२ बैशाखमा नेपालमा सार्वजनिक प्रदर्शन हुनेछ।

यो फिल्म ‘बुलबुल’ फेम्ड विनोद पौडेल को निर्देशनमा बनेको हो। हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोयस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्न समेतको अभिनय रहेको छ। फिल्म साग अफट्रा अन्तर्गत निर्माण भएको पहिलो नेपाली फिल्म हो, जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन्।

निर्मातामध्ये एक अविरल थापा का अनुसार, फिल्ममा दर्शकले हरिवंश आचार्यलाई एक नयाँ र अविस्मरणीय रूपमा देख्न पाउनेछन्। थापाले भने, “आचार्यको जीवनकै यो कालजयी फिल्म हुनेमा म ढुक्क छु।

नेपालमा फिल्मको वितरण आरआर फिल्म्स प्रोडक्सन ले गर्नेछ। साथै, फिल्मलाई बलिउड र हलिउडकै वितरकको सहयोगमा विश्वभरिका हलहरूमा एकै मितिमा प्रदर्शन गर्न तयारी भइरहेको छ।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानी समुदायको देशप्रेम, थातथलो छोड्नुपर्दाको पीडाआफ्नो जरा खोज्ने कथा प्रस्तुत गर्दछ। केही समयअघि अमेरिकामा यसको छायांकन सम्पन्न भएको थियो।

फिल्मका निर्माता राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनालीकिर्तना बाँसकोटा हुन्। कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ,भुवन प्याकुरेल रहेका छन्।
फिल्म निर्माणमा ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट इन्टरटेनमेन्ट अमेरिका, नेपालको अवेकन प्रोडक्सनअमेरिकाको म्याड मंकी फिल्म्स को सहकार्य रहेको छ।