न्युजिल्यान्डमा तेन्जिङ र हिलारी को सम्झनामा सगरमाथा दिवश भब्य रुपमा  सम्पन्न

विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथामा सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गे शेर्पाले सगरमाथाको शिखरमा पहिलो मानव पाईला राख्न सफल भएका थिए । यसै सगरमाथामा मानव पाईला राखेको दिनको सम्झना गर्दै हरेक बर्षको मे २९ तारिखका दिन नेपाल सरकार र त्यसका विदेशस्थित कुटनैतिक नियोगका र विभिन्न नेपाली सामाजिक संघ सस्थाहरुले कार्यक्रमहरु गरेर सगरमाथाका पहिलो आरोहिहरुलाई सम्झने र उनीहरुले दिएको योगदानप्रति सम्मान प्रकट गरिदै आएको छ ।

यसै उपलक्ष्यमा सर एड्मण्ड हिलारीको देश न्युजिल्याण्डको अकल्याण्ड र ईन्भर्कार्गिलमा यहि मे २५ तारिख शनिवार बिशेस कार्यक्रम गरि हिलारी र नोर्गेलाई सम्झिदै सम्मान प्रकट गरियो । उक्त कार्यक्रम एनआरएनएनए न्युजिल्याण्डको आयोजना र न्युजिल्याण्ड स्थित नेपाली कन्सुलर कार्यालय ,क्यानबेरास्थित नेपाली राजदुतावास र द हिमालयन ट्रस्टको संयोजनमा सम्पन्न भएको छ ।
यहिअवसर पारेर एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले नेपालको बैदेशिक मुद्राको प्रमुख श्रोत को रुपमा रहेको पर्यटन क्षेत्रको समग्र बिकासका लागि पर्बतारोहणको क्षेत्रमा विद्यमान नीति र कानुनलाई सरल र सहज बनाउनु पर्ने खाचो रहेको कुरालाई औल्य्याउदै उहाले नेपाली समुदायको सुख दुखको साथी एनआरएनए न्युजिल्याण्ड यहाँका सबै सामाजिक संघ सस्थाहरुसंग साथ मा साथ र हातमा हात मिलाएर अगाडि बढिरहेको उल्लेख गर्नुभयो।

लेवर पार्टीका सांसद हेलेन ह्वाईट ,एसिटि पार्टीका सांसद डा प्रम्जित परामरप्राकृतिक सौन्दर्यताले भरिएको नेपालको बिकासमा पर्यटन प्रबर्धनले ठुलो योगदान पुर्याउने बताउदै नेपालको दिगो बिकास र सम्बृद्धिका लागिआफुहरुको साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गर्नु भयेको थियो।

त्यसैगरी द हिमालयन ट्रस्टका अध्यक्ष एबम सगरमाथा आरोही पिटर हिलारी( एडमण्ड हिलारीको छोरा ) ले नेपाल जति प्राकृतिक रुपमा सुन्दर छ त्यतिनै नेपालीहरुको मन र व्यबहार सुन्दर र बिस्वास अनि भरोसालाग्दो आफुले अनुभव गरेको बताउदै सगरमाथा र हिमाली क्षेत्रको आकर्षण र सुन्दरतालाई जोगाउन आफुहरुले प्रयास गरिरहेको जानकारी दिए ।

२००८ देखी New Zealand Parliament मा मनाउदै आएको Everest day को यो कार्यक्रममा न्यूज़ीलाण्डका सम्माननीय प्रधानमन्त्री अनि नेपालको राजदूत उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो यहि अवसर पारेर न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सन समक्ष मे २९ लाई सरकारी क्यालेण्डरमा समाबेस गर्न आग्रह गरियेको छ । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलले नेपालको शान र गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको ७१ औं बर्ष पुगेको अवसरमा आयोजित यो कार्यक्रमले नेपालको पर्यटन प्रबर्धनमा मात्रै नभई नेपाल र न्युजिल्याण्डको कुटनैतिक समन्धमा समेत सकारात्मक सहयोग पुर्याउने बिस्वास व्यक्त गर्नुभयो ।

एनआरएनए न्युजिल्याण्डले सगरमाथा समन्धी जनाचेचातना जलबायु परिबर्तनले हिमाली क्षेत्रको वातावरण र जनस्वास्थ्यमा पारेको प्रभाव का बारेमा जनचेतना जगाउने उद्देस्यले आयोजित उद्देस्यले ८हजार ८ सय ४८ स्टेप्स च्यालेन्ज प्रतियोगिता मा सहभागी प्रतियोगी हरुबाट ६ जनालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । २४ दिनसम्म चलेको सो स्टेप्स च्यालेन्जमा लगभग १ सय भन्दा बढीले भाग लिएका थिए । सबै भन्दा धेरै हिडेका हरु मध्येबाट लक्की ड्र मार्फत् ६ जनालाई छनौट गरिएको हो ।

उक्त कार्यक्रममा नेपालिपन झल्काउने विबिन्न गित संगीत ,नेपाली भेष भुषा र नृत्य समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रममा रास्ट्रपति रामचन्द्र पौडेलले पठाउनु भएको सन्देशलाई समेत पढेर सुनाइएको थियो।