अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सको नेशनल हेल्थ सर्भेको नतिजा अनुसार सिफारिस गरिएको मात्रामा फलफूल खाने बालबालिकाको संख्यामा उल्लेख्य गिरावट आएको छ।
तथ्याङ्कले २० मध्ये एक जना बालबालिकाले सिफारिस गरिएको दैनिक तरकारी खाइरहेको पनि देखाएको छ । बिगत पाँच वर्षमा यो नौ प्रतिशतले गिरावट थियो। फूड फर हेल्थ एलायन्सका कार्यकारी प्रबन्धक जेन मार्टिनले नतिजाप्रति चिन्ता व्यक्त गर्दै प्रशोधित खाद्य पदार्थ र चिनीयुक्त पेय पदार्थको बजारीकरणलाई दोष लगाएकी छन्। यो संगै अष्ट्रेलियाको अधिकांस बिध्यालयहरुमा बिध्यार्थीहरुलाई फलफूल खाजामा समावेस गर्न प्रत्साहन गरिन थालिएको छ ।
अष्ट्रेलियाका अधिकांस बच्चाहरूले फलफूल, तरकारीहरू खान छाड्डेकोमा स्वास्थ्य विज्ञहरूद्वारा सचेत गराएकाछन् ।जनस्वास्थ्य अधिवक्ताहरूले केही अष्ट्रेलियाली बच्चाहरूले मात्रै फलफूल र तरकारीहरू खाइरहेको तथ्यांक फेला पारेपछि मोटोपनालाई सम्बोधन गर्न सहयोगी भुमीका खेल्ने खालको कार्यक्रम लागु गर्न आह्वान गरेका छन्।