यी ५ कुराबाट टाढा रहनुहोस्, एक महिनामै नियन्त्रण गर्न सकिन्छ सुगर लेवल

एजेन्सी । आजकल बिग्रँदै गएको जीवनशैलीको असर स्वास्थ्यमा देखिन थालेको छ । जीवनशैलीले मधुमेहका बिरामीको संख्या लगातार बढिरहेको छ । सामान्यतया ४० वर्षपछि लाग्ने यो रोग अहिले युवामा पनि देखिन थालेको छ ।

धेरै चीजहरूले चिनीको मात्रा बढाउँछ, जुन मधुमेह रोगीहरूको लागि खतरनाक साबित हुन सक्छ । तर, बानी परिवर्तन गरी केही कुरामा ध्यान दिए सुगर लेवललाई नियन्त्रणमा राख्न सकिन्छ । आउनुहोस् जानौं कुन चीजहरूबाट टाढा रहँदा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।

राति ढिलो खानु
धेरैलाई राति ढिलो खाना खाने बानी हुन्छ । यो बानी मधुमेह रोगीका लागि खतरनाक साबित हुन सक्छ । ढिलो खाँदा खाना पच्दैन । यसले धेरै प्रकारका समस्या निम्त्याउन सक्छ । यो बानीले सुगर र हृदयघातको समस्या निम्त्याउन सक्छ ।

खाना खाएपछि तुरुन्तै सुत्ने
मधुमेहमा, जीवनशैलीसँग सम्बन्धित बानीहरूमा ध्यान दिन आवश्यक छ । खाना खाएपछि तुरुन्तै सुत्ने बानी मधुमेहका बिरामीका लागि राम्रो होइन । यसले शरीरमा कफ बढाउन सक्छ जसले चिनीको स्तरलाई असर गर्छ । खाना खाएको कम्तिमा ३ देखि ४ घण्टा पश्चात सुत्नु राम्रो हुन्छ ।

चिनी र मैदाबाट बच्नुस्
मधुमेहका बिरामीले चिनी र मैदाको पिठोबाट बनेका चिजबाट टाढा रहनुपर्छ । जसका कारण चिनीको मात्रा बढ्ने खतरा हुन्छ । यी चीजहरूमा कार्बोहाइड्रेट र क्यालोरीहरू धेरै हुन्छ ।

निष्क्रिय जीवनशैली
चिनीको मात्रा नियन्त्रणमा राख्न सक्रिय रहनु जरुरी छ । धेरै सुत्ने, घन्टा एकै ठाउँमा बस्ने जस्ता बानीले चिनीको मात्रा बढाउन सक्छ ।

समयमा औषधि लिनुहोस्
मधुमेहका बिरामीले चिनीको मात्रा नियन्त्रणमा राख्न समयमै औषधि सेवन गर्नुपर्छ । यसका साथ साथै चिनीलाई नियन्त्रणमा राख्न घरेलु उपायहरू पनि प्रयोग गरिरहनुपर्छ । यी पाँच कुरालाई ध्यानमा राख्दा चिनी नियन्त्रणमा राख्न धेरै मद्दत मिल्छ ।