राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीका अनुसार, लामिछानेलाई अदालतमा उपस्थित गराउँदै थप हिरासतका लागि निवेदन दिइएको हो।
लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो। त्यसपछि बुटवल, काठमाडौँ, र चितवनमा लगेर उनको बयान लिइसकिएको प्रहरीले जनाएको छ।






