स्थानीय बजारमा सोमबार र मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको थियो, तर बुधबार सुनको मूल्य भने बढेको छ ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ९०० रुपैयाँको वृद्धि हुँदै १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।






