अस्ट्रेलियाली सरकारले early childhood education क्षेत्रमा लामो समयदेखि रहेको तलव असमानता समाधान गर्न महत्वपूर्ण कदम उठाउँदै early childhood educators र care workers का लागि आगामी वर्षमा १५% तलव वृद्धिको लागि कानून पास गरेको छ।
यो तलव वृद्धिको कार्यान्वयन दुई चरणमा हुनेछ जुन २०२४ को अन्त्यसम्म १०% वृद्धी र २०२५ को डिसेम्बरमा थप ५% वृद्धी हुनेछ। यो तलव वृद्धिको उद्देश्य childhood education मा कार्यरत महिलामूलक कार्यशक्तिको आर्थिक अवस्था सुधार गर्नु हो।

नयाँ कानूनअनुसार childcare centers र प्री-स्कुलहरूले आफ्ना कर्मचारीहरूको तलव वृद्धीको लागि सरकारबाट प्राप्त रकम दिन सक्नेछन्य ,दि उनीहरूले आफ्नो शुल्कलाई आगामी वर्षमा ४.४% भन्दा बढी नबढाउने सहमति जनाउँछन् भने । यस शर्तको उद्देश्य अस्ट्रेलियाली परिवारहरूको बाल शिक्षा सेवाको समग्र लागतलाई नियन्त्रणमा राख्नु हो,।यस व्यवस्थाले सस्तो र पहुँचयोग्य बाल शिक्षा सेवामा दबाब नपर्नको लागि सन्तुलन कायम राख्न मद्दत पुर्याउनेछ।
सरकारले childhood educators हरूको तलव वृद्धिको प्रतिवद्धता यस वर्षको संघीय बजेटमा जनाएको थियो, र अगस्टमा यसको कार्यान्वयनका लागि १५% वृद्धिको योजना सार्वजनिक गरियो। यो पहल बाल शिक्षा क्षेत्रमा काम गर्ने महिलामूलक कार्यशक्तिको पक्षमा रहेको छ, जहाँ ९२% भन्दा बढी कर्मचारी महिलाहरू छन्।

यो पहल जीवन यापनको लागतमा दबाब कम गर्न र अस्ट्रेलियाली परिवारहरूका लागि बाल शिक्षा सेवाहरूलाई किफायती राख्न सहायक हुनेछ। सरकारको यस रणनीतिले early childhood educators हरुको कामको मूल्याङ्कन गर्दै, यस क्षेत्रको समग्र गुणस्तर र पहुँच सुधार्ने लक्ष्य राखेको छ।




