सिड्नीमा गायक हेमन्त शर्मा सम्मानित

गायक हेमन्त शर्मा हालै अस्ट्रेलिया, सिड्नीमा आयोजित विशेष समारोहमा सम्मानित भएका छन्। ग्रयानभिलस्थित फ्लेभर्स अफ नेपालले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका क्रममा हेमन्तले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारे। हाल उनका लोकप्रिय गीतहरू मध्ये ‘आउन त दशैं पहिले नि आथ्यो’ श्रोतामाझ निकै चर्चामा रहेको छ।

अस्ट्रेलियामा तीन सातादेखि सांगीतिक यात्रामा रहेका हेमन्तले विभिन्न सहरमा नेपाली समुदायसँग आफ्नो प्रस्तुति साझा गरिसकेका छन्। उनको यो सांगीतिक भ्रमणको व्यवस्थापन दिदीबहिनी इभेन्ट्सले गरेको हो।