अष्ट्रेलियामा ३.९ म्याग्निच्युडको भूकम्प

अष्ट्रेलिया को राजधानी क्यानबेराबाट करिब १३० किलोमिटर उत्तरमा अवस्थित न्यू साउथ वेल्स राज्यको दक्षिणी टेबलल्याण्ड्समा रहेको गोलबर्नको उत्तरमा सोमबार बिहान भूकम्प गएको छ। जियोसाइन्स अस्ट्रेलियाका अनुसार स्थानिय समय अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प एक किलोमिटर गहिराइमा गएको थियो । बिहान ७ बजे सम्म, १६० भन्दा बढी मानिसहरूले कम्पन महसुस गरेको जानकारी गराएका थिए । भूकम्पका कारण कुनै जन-धनको क्षति नभएको स्थानीयले जनाएका छन् ।