अस्ट्रेलिया यस्तो देश हो जसले भौगोलिक, बहुभाषिक र विभिन्न परम्पराहरूलाई आदर र सम्मान गर्दछ। त्यहि क्रममा नेपालीहरूको संख्या अस्ट्रेलिया भरी नै उतिनै बढ्दो छ। त्यहि क्रममा गैरवासिय संस्था NRNA NT नर्दन टेरिटरीले यस जुन १ गतेबाट नेपाल फेस्टिभल डार्विन २०२४ आयोजना गर्नेभएकोे छ । नेपालका विभिन्न संस्कृतिक , साहित्य, कला,भेषभूषा र रिति–रिवाजहरूलाई अस्ट्रेलिया मा प्ररदर्शन गरी नेपाल र विदेशमा बस्ने नेपालीहरूलाई एकै बिन्दुमा ल्याउन प्रयत्न गरि नेपाल फेस्टिभल डार्विन आयोजना गरिने भएको छ।
यस कार्यक्रममा नेपाली चर्चित गायिका एलीना चौहान, समीक्षा अधिकारीका साथै स्थानीय कलाकारहरू सहित लाखे नाच पनि रहने आयोजक NRNA NT ले जनाएका छ। यो नेपाल महोत्सव डार्विन २०२४ अस्ट्रेलियाको Darwin Waterfront मा जुन १ तारिख बेलुका ३ बजे देखि राति १० बजे सम्म हुनेछन् । गायिका एलिना चौहान को चर्चित गितहरु के माया लाग्छ र , कट्टा हन्दिन्छु,मिनिरल वाटर रहेका छन् भने गायिका समिक्षा अधिकारीका नबोली नबोली,बालापनको उमेर,कुरा बुझ्नुपर्छ जस्ता थुप्रै चर्चित गितहरु रहेका छन् ।