मल्टिकल्चरल फुट्स्ट्ल टुर्नामेन्ट क्यान्बेरामा

नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अस्ट्रेलियाको राजधानी क्यान्बेरामा यहि २५ मे तारिख शनिबारका दिन नेपाल युनाईटेड फुट्स्टल टुनामेन्ट आयोजना गरिने भएको छ।
मल्टिकल्चरल करिब १० ओटा टिमहरु सहभगी हुने उक्त प्रतियोगिताको विजेताले १ हजार डलर नगद राशि ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५०० डलर नगद राशी ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्

उक्त फुट्स्टल टुनामेन्ट्मा सहभागी हुने टिमहरु :Khukuri FCA ,Afghan FC,Druk FC,Nepal United FC,Mercy FC,Pokhara FC,Azhas FC,Happy City FC र Achos FC रहने छन ।

उक्त फुट्सल टुनामेन्ट् आयोजना गर्नुको मुख्य उदेश्य मल्टिकल्चर कम्युनिटि र फुट्बल सबैजनाले मन्पराउने र सबैले खेल्ने एउटा खेल भयेको हुनाले फुट्बल को माध्यम बाट मल्टिकल्चर कम्युनिटि लाई जोड्ने प्रमुख उदेश्य रहेकोले उक्त प्रतियोगिता आयोजना गारिएको क्ल्बका Joint Secretary शुलभ गौचन र सुदीप गुरुङ बताउनु हुन्छ ।

त्यसैगरी यश प्रतियोगिताको Supportive Partner का रुपमा Success and Education Visa Service ,Spice Route indian Resturent ,B&BS Grocery store,The Monkey Tample , Success Remit र मिडिया पार्ट्नरको रुपमा अब्युक्त मिडिया रहेको छ।