अस्ट्रेलियामा दशैं-तिहारलाई क्यालेन्डरमा स्थान दिन सांसद चाल्टनको पहल

अस्ट्रेलियामा अक्टोबरलाई हिन्दु ह्यारिटेज महिनाको रूपमा आधिकारिक मान्यता दिनुपर्ने प्रस्ताव संघीय संसदमा उठाइएको छ। न्यू साउथ वेल्सको पारामाटा क्षेत्रका सांसद एन्ड्रयू चाल्टनले यो प्रस्ताव राखेका हुन्। उनले हिन्दु समुदायका प्रमुख पर्वहरू, जस्तै दशैं, तिहार, र छठले सामाजिक एकता र आर्थिक विकासलाई टेवा दिने बताएर यी पर्वहरू अस्ट्रेलियन क्यालेन्डरमा समावेश गर्न माग गरेका छन्। अस्ट्रेलियामा छिटो बढिरहेको हिन्दु समुदायले धार्मिक तथा सांस्कृतिक पहिचान कायम राख्न यो महत्त्वपूर्ण कदम हुने विचार राखिएको छ।

हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले पनि यस प्रस्तावको समर्थन गर्दै हिन्दु ह्यारिटेज महिनाले विविध सांस्कृतिक गतिविधि र समुदायलाई जोड्ने काम गर्ने बताएको छ। यस मान्यताले हिन्दु धर्मप्रति सम्मान बढाउने र स्थानीय समुदायबीच धार्मिक सहिष्णुतालाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ