केही दिनदेखि निरन्तर बढ्दै गएको सुनको मूल्यमा बिहीबार भने गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य घटबढसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ६५ हजार ७०० रुपैयाँबाट घटेर १ लाख ६५ हजारमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो। बिहीबारको कारोबारमा ७०० रुपैयाँले गिरावट आएको हो।
साथै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार प्रति तोला २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २०९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
