न्यू साउथ वेल्समा ड्रग्सको असरले गर्दा सवारी चलाउनेहरु विरुद्धको मुद्दा 836% ले बढेको छ। २०१४ मा १,४०९ जनालाई मुद्दा लगाइए पनि, यो संख्या २०२३ मा १३,८१५ पुगेको छ। यो वृद्धि मोबाईल ड्रग टेस्टिङ (एमडीटी) कार्यक्रमको विस्तारका कारण भएको हो, जसले सडकमा लागुऔषध परीक्षणको क्षमता २०,००० बाट वार्षिक १,५६,००० सम्म पुर्याएको छ।
ब्रोकन हिल क्षेत्रमा १००,००० जनामा १,८८४ जनाको दरले सबैभन्दा धेरै ड्रग्स प्रयोग गर्ने चालकहरू फेला परेका छन्। २०२३ मा परीक्षण गरिएको व्यक्तिहरूमध्ये धेरै वृद्ध समूहमा पर्नेहरुले मेथामफेटामाइन (methamphetamine) प्रयोग गरेको पाइएको छ। साथै, क्यानाबिस र कोकेन पनि प्रमुख लागुऔषधका रूपमा परीक्षणमा फेला परेका छन्।
लागुऔषधको प्रयोगले सडक दुर्घटनाहरूमा झन्डै $४८०.६ मिलियन र $१२५.२ मिलियनको आर्थिक क्षति पुर्याएको छ। न्यू साउथ वेल्स प्रहरीले सडक सुरक्षामा विशेष ध्यान दिइरहे पनि, सीमित परीक्षणका कारण निरोधात्मक प्रभाव कमजोर हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।