ब्रिसबेन, क्वीन्स्ल्याण्डको राजधानी, विश्व ह्याप्पी सिटी इन्डेक्समा सबैभन्दा खुशी शहरको रूपमा मान्यता पाएको छ। यस सूचिमा ब्रिसबेनले विश्वका २ सय ४० शहरहरूको बीचमा २१ औं स्थान हासिल गरेको छ, जसले अस्ट्रेलियामा सबैभन्दा खुशी शहरको दर्जा पनि प्राप्त गरेको हो।
ब्रिसबेनको जनसंख्या लगभग २५ लाख रहेको छ, जहाँ नेपाली समुदायको उपस्थिति पनि उल्लेखनीय छ। ह्याप्पी इन्डेक्सले सुशासन, वातावरणीय प्रभाव, आर्थिक स्थायित्व र सर्वसाधारणको प्रतिक्रियालाई आधार मान्दै यो मूल्यांकन गरेको हो। सूचिमा पहिलो स्थानमा डेनमार्कको आरहर्ष शहर रहेको छ, जसले ह्याप्पीनेसका धेरै पक्षहरूमा उत्कृष्टता देखाएको छ।
अस्ट्रेलियाका अन्य प्रमुख शहरहरूको रेटिङ पनि उल्लेखनीय छ, जहाँ मेल्बोर्न ४१ औं, पर्थ ६१, होर्वाट ८७ र सिड्नी ११६ स्थानमा परेका छन्। यसैबीच, डार्विन र क्यानबेरा जस्ता शहरहरू तलका स्थानहरूमा रहेका छन्।
हालका वर्षहरूमा, अस्ट्रेलियाका शहरहरूको रेटिङमा गिरावट आएको छ, जसका प्रमुख कारणहरूमा हाउजिङ संकट र महँगीलाई बताइएको छ। ह्याप्पी इन्डेक्सले यस विषयमा चासो व्यक्त गर्दै, यी समस्याहरूले शहरहरूको समग्र जीवनस्तरमा असर पुर्याएको उल्लेख गरेको छ।
ब्रिसबेनले प्राप्त गरेको यो सफलता मात्र स्थानीय बासिन्दाहरूको लागि मात्र होइन, बरु शहरको छविमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले ब्रिसबेनलाई आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ।