अस्ट्रेलिया एक उच्च शिक्षा र रोजगारको लागि प्रमुख गन्तव्य हो, तर हालसालै यहाँ भिसा आवेदन अस्वीकृत हुने दरमा उल्लेखनीय वृद्धि देखिएको छ। २०२४ मा भिसा अस्वीकृत हुने दर ५० प्रतिशत पुगेको छ, जुन २०२३ मा २४ प्रतिशत मात्र थियो। यो वृद्धि नयाँ आप्रवासी नियम लागू भएका कारण भएको मानिन्छ।
गत जुलाई १ देखि लागू भएका नियमहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि काम गर्ने समय घटाउने, कलेज र क्याम्पसमा अनिवार्य हाजिर हुनुपर्ने, बैंक खाता अनुगमन र आवेदन शुल्कमा वृद्धि गर्नेसम्मका प्रावधानहरू समेटिएको छ। यसले गर्दा विद्यार्थीहरूका लागि भिसा आवेदन प्रक्रिया थप कठिन बनिएको छ।

अध्यागमन विभागका अनुसार, नयाँ नियम लागू हुनु भन्दा पहिले नै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूले ठूलो संख्यामा आवेदन दिएका थिए। विशेष रूपमा, पढाइको अन्त्यपछि पाइने टेम्पोररी रेसिडेन्सी (TR) भिसाको नियमका कारण विद्यार्थीहरूले पुन: विद्यार्थी भिसा प्राप्त गर्न नपाउने भनी हतारमा आवेदन गरिरहेका थिए। तर, हालका दिनहरूमा ती आवेदनहरू अस्वीकृत भइरहेका छन्, जसले विद्यार्थीहरूको भविष्यको योजनामा अनिश्चितता ल्याएको छ।

भिसा अस्वीकृत भएका विद्यार्थीहरूले अब माइग्रेशन विज्ञहरूसँग परामर्शका लागि बढ्दो चासो देखाइरहेका छन्, जसले गर्दा विज्ञहरूको कार्यभारमा वृद्धि भएको छ। यस घटनाले अस्ट्रेलियामा अध्ययन गर्ने योजना बनाउने विद्यार्थीदेखि लिएर माइग्रेशन प्रक्रियामा संलग्न व्यक्तिहरूका लागि चुनौतीहरू थप गरेको छ।
नयाँ नियमले भविष्यमा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूको संख्या घटाउने सम्भावनालाई जनाएका छन्, जसले यहाँको शैक्षिक वातावरणमा गम्भीर प्रभाव पार्न सक्छ।