अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनमा करिब ५०% गिरावट आएको छ। शिक्षा विभागको तथ्याङ्क अनुसार, अगस्ट २०२३ मा १५,२७० आवेदन दर्ता भएका छन्, जुन अगस्ट २०२२ को ३०,७०३ आवेदनको तुलनामा आधाले घटेको हो। जुलाईमा पनि यो गिरावट देखिएको छ, जहाँ आवेदन १८,६९७ बाट घटेर ३६,२०७ पुगेका थिए।
यो गिरावटले शैक्षिक संस्थान र सरोकारवालाहरूमा चिन्ता बढाएको छ। साथै, अष्ट्रेलियन सरकारले भिसा शुल्क AUD ७१० बाट बढाएर AUD १६०० पुर्याएको छ, जसले विद्यार्थीहरूमा नकारात्मक असर पारेको हुनसक्छ।
गत जुलाईदेखि लागू भएको नयाँ नियम अनुसार, विद्यार्थीहरूले अध्ययन सकेपछि पाउने टेम्पोररी रेसिडेन्सी (टीआर) भिसाको अवधि दुई वर्षमा सीमित गरिएको छ। यसले हजारौं विद्यार्थीहरूलाई तनावमा पारेको छ।नयाँ विद्यार्थीहरूको सङ्ख्या घटाउन र हाल अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई कडाइका साथ नियमन गर्ने सरकारी नीति लागू भएपछि, पढाइ नसक्दै भिसा सकिने समस्या व्यापक भएको छ। यस कारणले गर्दा धेरै विद्यार्थीहरू शरणार्थी भिसाको लागि आवेदन दिन बाध्य भएका छन्। इमिग्रेसन विभागका अनुसार, शरणार्थी भिसाको आवेदनमा अस्वाभाविक वृद्धि देखिएको छ।माइग्रेसन कानुन विशेषज्ञहरूले सरकारको यो नीति विद्यार्थीहरूलाई आफ्नो देश फर्कन बाध्य पार्ने भएको भन्दै आलोचना गरेका छन्।

अष्ट्रेलियाली सरकारले उच्च आप्रवासी प्रवेशको प्रवृत्तिलाई नियन्त्रणमा लिनका लागि विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई २०२५ सम्म २,७०,००० मा सीमित गर्ने योजना पनि सार्वजनिक गरेको छ। यो नीति अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्च संख्या र यसको स्थानीय स्रोतहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्नको लागि हो।
तथ्याङ्कको गहिराइमा जाँदा, प्रमुख स्रोत देशहरूबाट आवेदनमा उल्लेखनीय कमी देखिएको छ। उदाहरणका लागि, भारतबाट भिसा आवेदन ६६.४%ले घटेर जुलाई र अगस्ट २०२३ मा १३,०४७ बाट २०२४ को सोही अवधिमा ४,३८३ पुगेको छ। यस्तै, फिलिपिन्सबाट आवेदन ५,१२६ बाट ८४९ र पाकिस्तानबाट ४,२३४ बाट घटेर ६१६ पुगेको छ। सार्वजनिक रूपमा, चिनियाँ विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या भने अपेक्षाकृत स्थिर रहेको छ, २०२३ र २०२४ बीच १०% भन्दा कमले घटेको छ। अस्ट्रेलियाली विश्वविद्यालयहरू (Universities Australia) ले यस विद्यार्थी सीमाबारे गम्भीर चिन्ता व्यक्त गर्दै अर्थतन्त्र र रोजगारीमा असर पर्ने चेतावनी दिएको छ।