अस्ट्रेलियाको राजधानी क्यानबेरामा तीज साँझ विशेष कार्यक्रम

क्यानबेरा:अस्ट्रेलियाको राजधानी क्यानबेरामा तीज साँझ विशेष कार्यक्रम हुने भएको छ। Better Choice Mortgage Finance को प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रम १८ अगस्ट २०२४ मा हुनेछ, जहाँ नेपाली लोकसंगीतका दिग्गज गायक-गायिकाहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रसिद्ध लोक गायक पशुपति शर्मा, देवी घर्ती, कोमल वली, र शोभा त्रिपाठी रहनेछन्।

Canberra Club House मा आयोजना हुने यस विशेष तीज साँझमा दर्शकहरूले नेपाली लोकसंगीतको मिठासमा रम्न पाउनेछन्। कार्यक्रममा पशुपति शर्माका चर्चित गीतहरू क्याम्पस पढ्न आउने, कुरो आफै बुझ मायाले, जन्तै जाम्ला, दशैं तिहार जस्ता लोकगीतहरूको प्रस्तुति हुने अपेक्षा गरिएको छ। देवी घर्तीका मनमाया, सम्झना, हरियो चुरा, डरम खोला, डालीको फूल, टल्किने ऐना जस्ता लोकप्रिय गीतहरू, र कोमल वलीका बिहे भाछैन, रात्री बसैमा, नाचौं हामी डिस्कोमा तीज, पहिला जान पाम, महु पुतली जस्ता गीतहरूले यो साँझलाई झनै रोचक बनाउनेछन्।

कार्यक्रममा शोभा त्रिपाठीको हालै युट्युबमा सार्वजनिक भएको नयाँ गीत “सैले झुक्कै मज्जैले” को प्रस्तुति पनि हुनेछ, जसले दर्शकहरूलाई थप उत्साहित बनाउनेछ। यी गीतहरूले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेका छन्।कार्यक्रममा सहभागी हुनको लागि प्रवेश शुल्क AUD 25 तोकिएको छ। टिकटको लागि तलको फोटोमा दिएको QR कोड स्क्यान गरी सजिलै टिकट खरिद गर्न सकिनेछ।

मेकअप पार्टनरको रूपमा Krishna Makeup, टिकेट पार्टनरको रूपमा The Kakadu IT Solutions, हस्पिटालिटी पार्टनरको रूपमा Kathmandu Mo:MoHouse, र सपोर्टरको रूपमा Yes People तथा Accounting Business Service Canberra रहेका छन्। मिडिया पार्टनरको रूपमा भने Avyukt Media रहेको छ। कार्यक्रम दर्शकहरूको लागि अविस्मरणीय हुने अपेक्षा गरिएको छ।