मेलबर्नमा गयो ४ रेक्टरस्केलको भूकम्प

बुधबार बिहान ४ बजे मेलबर्नमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । मेलबर्नका धेरै मानिसहरूले भूकम्पको धक्का महसुस गरे पनि क्षतिको विवरण भने आएको छैन। विज्ञहरूका अनुसार यो भूकम्प सन् २०२१ मा आएको भूकम्पको पराकम्पन हुन सक्छ जसले घरमा क्षति पु¥याएको थियो । भूकम्पको केन्द्रविन्दु मेलबर्नको उत्तरपूर्वी क्षेत्रमा रहेको भूवैज्ञानिकहरूले बताएका छन् । केही स्थानीयले स्थानीय सञ्चारमाध्यममा भूकम्पको धक्का महसुस गरेको जानकारी दिएका छन् ।