वर्षायाम सुरु भएयता मुलुकमा दुई हजारभन्दा बढी डेंगुका बिरामी फेला परेका छन् ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा दुई हजार ६१ जनामा डेंगुको संक्रमण देखिएको बताए ।
यस वर्ष मनसुन लामो समयसम्म रहने अनुमान गरिएकाले लामखुट्टेको प्रजननका लागि मौसम अनुकूल भएकाले डेंगु रोगका बिरामी बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको डा दाहालले बताए ।मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा २४९ जना डेंगुका बिरामी फेला परेका छन् ।काठमाडौं उपत्यकामा ३१६ जना डेंगुका बिरामी फेला परेका छन् जसमा काठमाडौंमा २४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जना छन् ।डेंगुको संक्रमण अझै बढ्न सक्ने भएकाले सावधानी अपनाउन डा दाहालले सबैलाई आग्रह गरे ।