काठमाडौं, साउन १ : खानेपानीमन्त्री प्रदीप यादवले नेपालबाट हिमालयको पानी निर्यात गर्न सकिने बताएका छन् ।
बुधबार मन्त्रालयको वार्षिक समीक्षा बैठकको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालयको पानी तेस्रो मुलुकमा निर्यात गर्ने विषयमा नेपालले गम्भीर भएर सोच्नुपर्ने बताए । त्यसैगरी, मन्त्री यादवले मन्त्रालय र यसका लाइन एजेन्सीका पदाधिकारीलाई छिट्टै सेवा प्रवाह गर्न निर्देशन दिए ।
उनले नतिजामुखी हुन पनि पदाधिकारीहरुलाई निर्देशन दिए । ‘पदाधिकारीको कार्यसम्पादनको समीक्षा हुनेछ,’ मन्त्री यादवले भने ।