पेट्रोलियम पदार्थको मूल्य घटेको छ

नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाएको जनाएको छ । हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ रहेको छ ।त्यस्तै पोखरा, काठमाडौं र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम गरिएको छ ।