डोनाल्ड ट्रम्प लाइ गोलि हानि हत्या गर्ने प्रयास

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ।उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए।ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल “ट्रूथ सोशल” मा एउटा सन्देश लेख्दै आफू “सकुशल रहेको” र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्।

ट्रम्पले लेखेका छन्, “सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो।””धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।”उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।ट्रम्पले उनको दाहिने कानको माथिल्लो भागमा गोलीले चोट पुर्‍याएको सामाजिक सञ्जालमार्फत बताएका छन्।एफबीआइले ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्ध बन्दूकधारीको पहिचान गरिएको बताएको छ। २० वर्ष उमेरका टमस म्याथ्यू क्रूक्स नामक ती व्यक्तिलाई सिक्रेट सर्भिसका अधिकारीले गोली हानी मारिदिएका थिए।हमलाकारी पेन्सिल्भेनिआ राज्यको बेथेल पार्क निवासी बताइएको छ। उक्त नगर घटनास्थल बट्लरबाट ७० किलोमिटर पर अवस्थित छ।

पत्रकार सम्मेलनमा एफबीआइका फिल्ड अफिसर केभिन रोजेकले गोली प्रहारको घटनालाई ट्रम्पको हत्या गर्ने प्रयासका रूपमा लिइएको बताएका थिए।गोली लागेपछि अस्पताल पुर्‍याइएका ट्रम्पलाइ अस्पतालबाट डिस्चार्ज गरिएको छ । नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचन शुरु हुन ४ महिना भन्दा कम समय बाँकी रहँदा यो घटना भएको हो । यस घटनाको बनाइडेले पनि निकै आलोचना गरेका छन् ।

 शनिबार साँझ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई गोली हानेर मार्ने प्रयास नै भएको हो पत्रकार सम्मेलनमा एफबीआई फिल्ड अफिसर केभिन रोजेकले भनेका छन् । 

स्रोत :बिबिसी न्यूज