कुवेतले नयाँ भिसाका नियमहरू घोषणा गरेको छ। जसमा घरेलु श्रमिकमा रहेका आप्रवासीहरूलाई जुलाई १४ देखि निजी क्षेत्रको रोजगारीमा जान अनुमति दिनेछ। यो कदमले कामदारहरूलाई रोजगारदाता परिवर्तन गर्न सजिलो बनाउने लक्ष्य राखेको छ। कुवेत सरकारको यो नयाँ नियम १४ जुलाईबाट कार्यान्वयनमा सुरु भइसकेको छ। को सरकारले त्यहाँका रहेका आप्रवासी घरेलु श्रमिक लगायतले भिसा परिवर्तन गरेर निजी क्षेत्रमा पनि काम गर्न पाउने निर्णय गरिसके पछाडि कतिपय नेपालीहरू त्यसबाट लाभान्वित हुन सक्ने ठानिएको छ। तर त्यहाँ स्थित नेपाली दूतावासका अधिकारीहरुले भिसाको वर्गीकरण परिवर्तन गर्न भिसा पाउँदाका बेला आफूलाई प्रयोजन गरेर लैजाने परिवारको अनुमति अनिवार्य पारिएकाले नेपाली घरेलु श्रमिकहरूलाई ठूलो फरक परिहाल्ने नदेखिएको बताउँछन्। उक्त व्यवस्थाबाट खासगरी घरेलु श्रमिकको भिसामा त्यहाँ पुगेर अन्य क्षेत्रमा काम गरिरहेका मानिसहरूलाई लाभ पुग्ने देखिएको गैरावश्य नेपाली सङ्घ कुवेतका एकजना पदाधिकारीले बीबीसीलाई बताएका छन्।

कुवेत सरकारले तय गरिएको नियमहरूमा नेपालबाट जाँदाका हकमा दर्ता भएका रोजगारदाता कहाँ कम्तिमा एक वर्ष काम गरेकाहरू मात्र यस सुविधाका लागि योग्य हुनेछन्। सो खाडी मुलुकमा त्यहाँको श्रम कानुन अनुसारको कार्यस्थल सार्ने प्रक्रियालाई गतिशील गराउने उद्देश्यका साथ उक्त नियम ल्याएको त्यहाँको सरकारले जनाएको छ।अब त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत रहेका नेपालीले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्न पाउने भएपछि मालिकको शारीरिक तथा मानसिक यातनाबाट छुटकारा मिल्ने भएको छ भने दैनिक उद्धारका लागि अनुनय विनय गर्नेको संख्यामा पनि कमी आउने अपेक्षा गरिएको छ।

त्यहाँ हरेक दिन १० देखि १५ जना नेपाली महिलाले आफूलाई घर मालिकले बन्धक बनाएको भन्दै उद्धारका लागि आग्रह गर्ने गरेको त्यहाँबाट सामाजिक अभियान्ताहरूले बताउने गरेका छन्। कुवैतमा २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार रहेका पाइन्छन्। बीबीसी न्युज अनुसार सन् २०२३ को अन्त्यमा सार्वजनिक गरिएको विवरणअनुसार कुवेतमा १,०७,००० भन्दा धेरै नेपालीहरू कार्यरत रहेकाछन। “त्यसमध्ये घरेलु श्रमिकको सङ्ख्या ३० हजारजति छ, र तीमध्येका ९५.३ प्रतिशत महिला कामदारहरू छन्,” कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले भने।स्रोत
श्रोत :बिबिसी न्यूज





