अस्ट्रेलियन राजदूत जोन्स्टनको दूतावासमा स्वागत

नेपालका लागि लियान जोन्स्टनलाई अस्ट्रेलिया सरकारले राजदूतका रूपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको आफ्नो तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।भोल्कलाई अस्ट्रेलियाले सन् २०२१ मा  राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न बिदाइ कार्यक्रमहरू सरिक भइरहेकी छिन् ।अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अस्ट्रेलियन राजदूतको रूपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । हालैमात्र नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरिएको  थियो ।त्यसैगरि उता, क्यानबेरामा भने  नेपाली दूतावासमा जोन्स्टनका लागि स्वागत समारोहको आयोजना गरिएको को थियो उक्त स्वागत समारोहमा अस्ट्रेलिया का लागि नेपालि  राजदूत महामहिम  कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए ।