अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कले ‘घर फर्किनु’ फोटो प्रदर्शनी को गरिन् उद्घाटन्

काठमाडौं ।  अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कले पाटन र काठमाडौंमा हुने ‘घर फर्किनु’ फोटो प्रदर्शनीको विहीबार उद्घाघाटन गरेकी छिन् ।बैशाख २७ देखि जेठ ३ गतेसम्म पाटनको महारानी चोकमा र काठमाडौं नया सडकस्थित भूगोल पार्कमा जेठ ४ देखि जेठ १० गते खुला रहने प्रदर्शनीकोे भोल्कले उदघाटन गरेकी हुन् ।फोटो प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र नेपालको समृद्धिका लागि योगदान पुर्याइरहेकाहरुको कथा दर्शाउनेछ । राजदुत भोल्कले यस प्रदर्शनीले विदेशमा गएर अध्ययन गर्ने नेपालि विधार्थी र काम गर्ने सोच बनाएका अरु युवाहरुलाई नेपाललाई नै आफ्नो अन्तिम गन्तब्य बनाउन प्रेरित गर्ने आशा रहेको बताइन ।

उनले भनिन, ‘नेपाली बिद्यार्थी को उपस्थितीले  अष्ट्रेलिया त खुसी  हुन्छ तर ब्यवसायिक सिपयुक्त नेपालीहरु नेपालको दुरागामी समृद्धि , प्रगति र उन्नतिका लागि आफ्नै देश नेपाल आएर उपलब्ध सम्भावनाहरुको खोजी गर्न कति आवश्यक छ भन्ने कुराको बारेमा पनि जानकारी राख्नेछ ।’‘घर फर्किनु’ प्रदर्शनीमा समावेश एघार व्यक्तिहरुको निरन्तरको प्रयास, लगाव र सफलताको उत्सव हो । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरु स्थापना गर्ने र ति सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास ब्यक्त गर्दछु, उनले भनिन् ।अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गर्नुभएको ‘घर फर्किनु’ प्रदर्शनीलाईअष्ट्रेलियाली दुतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा अष्ट्रेलियामा नीजि स्रोतका विद्यार्थीका रुपमा वा अष्ट्रेलिया अवार्डस् छात्रवृत्ती प्राप्त गरेका र नेपालीले गरेको विदेश यात्रा जहाँबाट उनीहरु विभिन्न सीपहरु सिकि र आफ्नो अध्ययन् पुरा गरेर

उनीहरुले नेपालमा नै फर्किएर उद्यमी, समाजिक कार्यकर्ता, सेफ वा डिजाईनरका रुपमा नयाँ सम्भावनाहरुको खोजी गरेका जस्ता कथाहरु समेटिएका छन् ।जो रयान्खन हाल काठमाण्डौ विश्वविद्यालयमा क्राफ्ट एण्ड डिजाईन् विषयमा स्नातक तह अध्ययन गरिरहेका छन् र प्रदर्शनीका बारेमा भन्छन, ‘घर फर्किनु प्रदर्शनीले दर्शकहरुलाई नेपाल र नेपालीहरुको उज्वल भविष्यकालागि उपलब्ध सम्भावनाहरुको बारेमा सोच्न आमन्त्रण गर्दछ । प्रदर्शनीको उद्देश्य हाल वैदेशिक रोजगारिको शिलशिलामा उतै पलाएन् भएका युवाहरुको विदेशीने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कदा हुने सकरात्मक प्रभावहरुलाई दर्शाउने, त्यसरी फर्कनेहरुको साहसको उत्सव मनाउने रहेको छ ।’

उनी भन्छन् ‘यस प्रदर्शनीमा राखिएका कथाहरु र अन्य यस्तै लाखौं कथाहरु नेपालभर भेटिने कथाहरुले विदेशबाट नेपाल फर्कनु कुनै असफलता होईन र यसले आफ्नो क्षमताहरुको खोजी गर्ने नया अवसरहरु प्रदान गर्दछ ।’