ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनका अनुसार अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए) ले समीक्षा गरेसँगै अष्ट्रेलिया जान अंग्रेजी भाषा परीक्षणको लागि टोफल आईबीटी अंकलाई मान्यता दिने भएको हो । ‘टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अष्ट्रेलियामा शैक्षिक अवसरहरू खोज्ने विद्यार्थी तथा दक्ष कामदारहरुलार्य विश्वमा सबैभन्दा व्यापक रुपमा स्वीकृत अंग्रेजी परीक्षण प्रणाली टोफल आईबीटीमार्फत सहयोग गर्नेछ,’ उनले भनेका छन् ।
नेपाल शैक्षिक परामर्श संघ का अध्यक्ष शेषराज भट्टराईले अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद खबर हुने बताएका छन् ्। “मलाई लाग्छ यो स्वीकृतिले नेपाली विद्यार्थीको अष्ट्रेलियामा अध्ययन गर्ने पहुँच मात्र बढाउँदैन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गनर््का साथै अष्ट्रेलियाको प्रतिबद्धतालाई पनि आत्मसात गर्छ” उनले भने ।
तयसैगरि टोफल आईबीटीको विश्वव्यापी मान्यता र विश्वसनीयताले विश्वभरिका विद्यार्थी र पेसाकर्मीहरूका लागि अंग्रेजी परीक्षणको भरपर्दो उपायका रूपमा यसको महत्वलाई अझै बलियो बनाउन सक्ने उनको भनाइ रहेको छ ।
इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आईरीन)का अध्यक्ष हेमन्त भट्टराईले भिसा उद्देश्यका लागि अष्ट्रेलियाले टोफल आईबीटीलाई मान्यता दिंदा विदेशमा अवसर खोज्ने नेपाली विद्यार्थीले थप सहज महसुस गर्ने बताए । उनका अनुसार यसले नेपाली विद्यार्थी र दक्ष कामदारहरू विश्वमा सबैभन्दा बढी स्वीकृती प्राप्त अङ्ग्रेजी परीक्षा टोफल आईबीटी दिएर अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने ढोका खोल्छ भन्ने कुरालाई प्रस्ट पारेका छन्।