काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।