२८ असार, काठमाडौं । शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो ।

यसअघि बिहिबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर तोलाको १ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






