अस्ट्रेलियन सरकारले युवाहरूमा रहेको nicotine addiction कम गर्न कडा नयाँ नियमहरू लागू गरेको छ। जुलाई १ देखि, vapes केवल pharmacies मा doctor’s prescription संग मात्र उपलब्ध हुनेभएको छ , र flavors अब tobacco, mint, र menthol मा सीमित गरिएको छ।
अक्टोबर १ बाट, वयस्कहरु अर्थात् युवाहरु ले prescription बिना नै vapes किन्न सक्नेछन् तर pharmacist बाट उनीहरूले vaping छोड्न सल्लाह लिनुपर्नेछ। यो संगै अष्ट्रेलिया vapes को बिक्री pharmacies मा मात्र सीमित गर्ने पहिलो देश बनेको छ ..
अस्ट्रेलियन मेडिकल एसोसिएसन का अध्यक्ष प्रोफेसर Steve Robson ले यस legislation को प्रशंसा गर्दै vapes को खतरा औंल्याए, यसमा toxic chemicals र उच्च मात्रामा nicotine हुन्छ जसले युवा लाई छिट्टै निकोटिन मा निर्भर गराउँछ। केही faults भए तापनि, Robson ले यो public health को सुरक्षामा एक महत्वपूर्ण कदम भएको विश्वास गरेका छन् ।
तर, pharmacists हरूले भने यी नयाँ नियमहरूसँग mixed reactions देखाइरहेका छन्। Exhibition Pharmacy का chemist Steven Speirs ले vapes स्टक गर्नमा अनिच्छा व्यक्त गर्दै भने छन् कि उनको store ले कहिल्यै पनि cigarettes बेचेको छैन र (SAY -SAY TION )cessation tool को रूपमा vapes बेच्नको आवश्यकतालाई प्रश्न गर्दै उनले भने, “हामीले पहिले कहिल्यै पनि cigarettes बेचेका छैनौं, त्यसैले अहिले vapes बेच्न सुरु गर्नुको कुनै अर्थ छैन।”
गत बिहीबार हस्ताक्षर गरिएको नयाँ नियम चार दिनमै लागू गरिएको छ र यसले अष्ट्रेलियाका युवाहरूमा बढ्दो nicotine addiction को public health समस्यालाई समाधान गर्न उद्देश्य लिएको छ,
यद्यपि यसको कार्यान्वयनमा pharmacists हरूलाई भने केही चुनौती सिर्जना भएको छ ।