अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल बन्द, सबैले आफ्नो डेटा बचाउन हतार

अस्ट्रेलियामा १६ वर्ष नपुगेका सबै प्रयोगकर्ताका Facebook, Instagram, TikTok, Snapchat, X, Reddit, Twitch, YouTube जस्ता ‘एज–रिस्ट्रिक्टेड’ सामाजिक सञ्जाल खाता आगामी डिसेम्बर १० बाट बन्द वा निष्क्रिय गरिन लागेका छन्। यसै कारण धेरै किशोर–किशोरीहरू हालैका दिनमा आफ्नो फोटो, भिडियो, च्याट र पोस्ट डाउनलोड गरेर सुरक्षित राख्न हतारिएका छन्।

सरकारको ‘Social Media Minimum Age’ नियम लागू भएपछि १६ वर्षमुनिका प्रयोगकर्ताले यी प्लेटफर्ममा नयाँ खाता खोल्न वा पुराना खातामा लग–इन गर्न नपाउनेछन्। प्लेटफर्महरूले स्वतः खाता मेटाउनुपर्ने छैन, तर प्रयोग रोक्ने र पहुँच बन्द गर्ने दायित्व भने उनीहरूमाथि रहनेछ।

eSafety Commissioner ले हालै सबै ठूला कम्पनीहरूसँग योजना मागेको छ—कसरी उनीहरूले कम उमेरका प्रयोगकर्तालाई पहिचान गर्ने, कसरी अभिगमन रोक्ने, र कसरी आयु प्रमाणिकरण गर्ने। केही प्लेटफर्मले आवश्यक परे उमेर प्रमाणित गर्न ID माग्न सक्नेछन्, तर ID नै अनिवार्य बनाउन पाउने छैनन्।

सरकारका अनुसार यो निर्णयले बालबालिकालाई अनलाइन जोखिम, दवाब र अत्यधिक स्क्रिन–टाइमबाट जोगाउने लक्ष्य राखेको छ। तर प्रतिबन्धबारे युवाहरूबीच मिश्र प्रतिक्रिया देखिएको छ।

कुन–कुन एपमा लग–इन बन्द हुने?
Facebook, Instagram, TikTok, Snapchat, Threads, Reddit, Twitch, X, Kick, YouTube लगायतका ठूला प्लेटफर्म प्रतिबन्धमा पर्छन्।
WhatsApp, Messenger, Discord, Pinterest, YouTube Kids र Roblox भने यस सूचीमा छैन्।

यदि डेटा नडाउनलोड गरे के हुन्छ?
डिसेम्बर १० पछि १६ वर्षमुनिका प्रयोगकर्ताले खाता खोल्नै नपाउने भएकाले पुराना च्याट, फोटो, भिडियो, मेसेज, ड्राफ्टहरू सबै गुम्न सक्छन्। त्यसैले eSafety ले सबैलाई समयमै डेटा सुरक्षित राख्न आग्रह गरेको छ।

TikTok, Instagram र Snapchat बाट डेटा कसरी डाउनलोड गर्ने?
– TikTok: ड्राफ्टलाई ‘Private’ बनाएर डाउनलोड गर्न सकिने
– Snapchat: ‘Export Your Memories’ बाट सम्पूर्ण मेमोरी एकैपटक डाउनलोड
– Instagram: Accounts Centre → ‘Export Your Information’ मार्फत फोटो, च्याट, पोस्ट सबै सुरक्षित गर्न सकिने

सरकारको नयाँ नियम डिसेम्बर १० देखि पूर्ण रूपमा लागू हुनेछ।

Advertisement