Queensland को दक्षिण–पूर्व भाग लगातार दुई रातदेखि कडा वर्षा र हावाहुरीको चपेटामा परेको छ। Brisbane, Gold Coast र Sunshine Coast का धेरै क्षेत्र flash flooding, भारी वर्षा, बलियो हावा र ठूला hailstones ले प्रभावित भएका छन्।
मौसम केही समयका लागि राम्रो भए पनि Bureau of Meteorology (BoM) ले आज दिनभर र भोलि पनि निरन्तर जोखिम रहने स्पष्ट चेतावनी दिएको छ।
शनिबार रातिदेखि सक्रिय भएको low-pressure system ले विभिन्नहरु राज्य: New South Wales देखि लिएर Queensland को दक्षिण–पूर्व भागसम्म व्यापक असर पुर्याएको छ। Scenic Rim क्षेत्रको Boonah मा एक घण्टाभित्रै 80mm वर्षा मापन गरिएको छ, जसले स्थानीय सडकहरू नदीझैँ बग्ने अवस्थामा पुगेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका फुटेजहरूमा ग्रामीण बस्तीका सडकहरूमा ‘river-rapid’ जस्तै पानी बगिरहेको स्पष्ट देखिन्छ।
Sunshine Coast मा वर्षाको तीव्रता अत्यधिक थियो। Mountain Creek र Maroochydore मा ६० मिनेटको अवधिमा 100mm वर्षा परेपछि प्रमुख सडकहरूमा पानी थामिन नसक्ने स्थिति सिर्जना भएको थियो । Bruce Highway मा पानीको बहाव र कम दृश्यताले सयौँ सवारीसाधन प्रभावित भए।

Gold Coast मा समेत लगातार वर्षाले गम्भीर समस्या निम्त्यायो। रातभर 130mm भन्दा बढी वर्षा हुँदा धेरै स्थानमा पानी घर–आँगन र व्यवसायिक क्षेत्रसम्म छिरेका घटना दर्ता भएका छन्। कतिपय ठाउँमा 7cm व्यासका hailstone खसेको BoM ले पुष्टि गरेको छ, जसले स्थानीय बगैँचा, छाना र सवारीसाधनमा क्षति पुगेको छ।
BoM ले दक्षिण–पूर्व क्षेत्रका विभिन्न नदी तथा खोला क्षेत्रमा Moderate र Minor flood warnings जारी राखेको छ। मौसम विज्ञहरूका अनुसार पश्चिमी Brisbane, Sunshine Coast को hinterland, Toowoomba, Darling Downs तथा NSW को उत्तरी भागसम्म आज पनि उच्च जोखिम रहनेछ। Giant hail (५cm भन्दा ठूलो) र 120km/h भन्दा बढीको destructive wind संभावनासहितको चेतावनी जारी गरेको छ।





