पश्चिमी Australia भोलिदेखि वर्षकै कडा गर्मीको चपेटामा पर्ने देखिएको छ, जहाँका धेरै स्थानमा तापक्रम ४०°C भन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ।
Pilbara क्षेत्रमाथि बनेको गहिरो trough पश्चिम तटीय भूभागतर्फ सर्दै जाँदा गर्मी हावा थप तीव्र भएको मौसम विज्ञहरूले जनाएका छन्।
Perth मा भोलि अधिकतम ३५°C पुग्नेछ भने Geraldton, Gascoyne र Central West का भित्री भूभागहरूमा तापक्रम मध्यदेखि उच्च ३०s र केही स्थानमा ४०°C नाघ्ने सम्भावना छ।
Weatherzone का अनुसार धेरै क्षेत्रका लागि भोलिको तापक्रम गत वर्षको autumn पछिकै सबैभन्दा उच्च हुनेछ।
गर्मी सँगसँगै राज्यभर moderate देखि extreme स्तरका fire danger warning जारी गरिएको छ।
सबैभन्दा जोखिमयुक्त Midwest Coast र Midwest Inland—Geraldton, Northampton, Chapman Valley, Mingenew, Morawa, Perenjori र Three Springs—भोलिदेखि extreme fire danger अन्तर्गत रहनेछन्।
त्यसैगरी Kimberley, Pilbara, Burrup, Ashburton, Exmouth, west interior, Yalgar, Gascoyne, Lesueur, Yarra Yarra, Lockwood, Mortlock, Avon र Swan क्षेत्रमा high fire danger warning जारी छ भने South Goldfields मात्र चेतावनी सूचीबाट बाहिर छ।
उक्त परिस्थितिमाझ भोलिदेखि नै तटीय र दक्षिण–पश्चिमी भागमा आर्द्रता बढेर मेघगर्जनसहितको वर्षा (increasing moisture may trigger thunderstorms and rainfall)सुरु हुन सक्ने अनुमान गरिएको छ। त्यस पछिका दिनहरूमा तापक्रम स्थिर हुँदै क्रमशः घट्ने अनुमान गरिएको छ।
Perth मा बुधवार र बिहीबार बाट वर्षा शुरु हुनसक्ने र शनिबारसम्म तापक्रम २६°C मा झर्ने सम्भावना छ। Geraldton र Gascoyne मा पनि सोमवार–मंगलवार मौसम बिग्रिने तर हप्ता अन्त्यतिर सुधार हुने देखिएको छ।
मौसमविद्हरूले अत्यधिक गर्मी, सुख्खा हावा र आगलागीको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई सतर्क रहन, अनावश्यक रुपमा खुला आगो प्रयोग नगर्न र Emergency WA को सूचनामा अपडेट रहन आग्रह गरेका छन्।





