वर्षौँको underpayment प्रकरण खुलेपछि Westpac ले फिर्ता गर्यो ५०M+

अष्ट्रेलियाको प्रमुख बैंक Westpac ले लगभग ११ वर्षको अवधिमा आफ्ना हजारौँ कर्मचारीलाई पूर्ण तलब नदिएको स्वीकार गर्दै ५० मिलियन डलरभन्दा बढी रकम क्षतिपूर्ति स्वरूप फिर्ता गरेको छ।
Fair Work Ombudsman (FWO) ले सार्वजनिक गरेको विवरणअनुसार, Westpac को payroll प्रणाली, governance oversight, तथा compliance प्रक्रियामा देखिएको कमजोर व्यवस्थापनका कारण सन् २०१४ देखि २०२५ सम्म विगतका कर्मचारीहरू गम्भीर रूपमा प्रभावित बनेका थिए ।

FWO का अनुसार Westpac मा धेरै वर्षअघि विकसित पुराना सिस्टमहरूमा manual adjustments र input errors बढ्नु, अपुरो record-keeping, तथा नियमित अनुगमन नहुनुजस्ता कारणले casual loading, minimum wages, higher duties allowance, weekend penalty, termination pay र leave payments सही दरमा गणना हुन सकेका थिएनन । यस त्रुटिले करिब ४७ हजार वर्तमान र पूर्व कर्मचारीको तलब विभिन्न स्तरमा घट्ने परिणाम निम्त्यायो।

Westpac ले अहिलेसम्म $50.26 million मूल फिर्ता रकमका साथै $9 million ब्याज र superannuation भुक्तानी गरी कुल रकम फिर्ता गरेको पुष्टि गरेको छ।

फिर्ता रकममा कसैका लागि $5 भन्दा कम पनि परेको छ भने केही कर्मचारीका लागि $56,000 भन्दा बढी रकम उपलब्ध गराइएको छ।

औसत फिर्ता रकम करिब $1,000 रहेको बताइएको छ। साथै, सम्पर्क गर्न नसकिने कर्मचारीहरूका लागि $90,490 संघीय सरकारले व्यवस्थापन गर्ने unclaimed money खातामा जम्मा गरिएको छ।

यस विषयमा Westpac ले Fair Work Ombudsman सँग एक Enforceable Undertaking (EU) मा हस्ताक्षर गरिसकेको छ, जसअनुसार बैंकले $800,000 को contrition payment Commonwealth Consolidated Revenue Fund मा बुझाउनेछ। EU अन्तर्गत Westpac ले भविष्यमा पनि कुनै underpayment पाइएमा ब्याज र super सहित पूर्ण रूपमा क्षतिपूर्ति गर्ने तथा payroll प्रणाली स्वतन्त्र तेस्रो–पक्षीय audit मार्फत नियमित निगरानी गराइरहने वाचा गरेको छ।

Fair Work Ombudsman Anna Booth ले Westpac ले अनुसन्धानमा पूर्ण सहयोग गरेको र आफ्ना पुराना त्रुटिहरू सच्याउने बारे गम्भीरता देखाएको बताइन्। उनका अनुसार Westpac ले कानुनी six-year limitation period भन्दा धेरै पछाडिका वर्षहरूका तलब कमी समेत स्वीकारेर फिर्ता रकम उपलब्ध गराएको कदम सकारात्मक मानिएको छ।

बैंकका प्रवक्ताले भने, यी त्रुटिहरू सन् २०२० मा Westpac को आफ्नै internal review मार्फत पत्ता लागेको र पत्ता लागेपछि कम्पनीले तत्काल remediation program सुरु गरेको स्पष्ट गरे। बैंकको भनाइ अनुसार,“हामीले कर्मचारीलाई सही तलब दिन नसकिएकोमा गहिरो क्षमा चाहन्छौँ। प्रभावित सबैलाई पूर्ण फिर्ता रकम उपलब्ध गराइयो, र अब भविष्यमा यस्तो त्रुटि नदोहोर्याउन प्रणालीमा ठूलो मात्रामा सुधार गरिएको छ,”l

Westpac ले हाल payroll automation, internal controls, auditing प्रणाली र compliance framework मा ठूलो लगानी गरेको, तथा overpaid भएका कर्मचारीहरूबाट कुनै रकम नफिर्ता लिएको पनि स्पष्ट गरेको छ।

यो प्रकरणले अष्ट्रेलियामा ठूला वित्तीय संस्थामा समेत तलब व्यवस्थापन कत्तिको जटिल र संवेदनशील विषय बन्न सक्छ भन्ने पुनः उजागर गरेको छ।

FWO ले कर्मचारीलाई आफ्नो unpaid wages unclaimed money मा छ कि छैन भनेर जाँच गर्न आग्रह गरेको छ।

spot_img