अष्ट्रेलियामा Dementia Disease देशकै सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण बनेको छ।
Australian Bureau of Statistics (ABS) ले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार, गत वर्ष मात्र Dementia बाट 17,500 भन्दा बढी अष्ट्रेलियालीले ज्यान गुमाएका थिए । यसले लामो समयदेखि पहिलो स्थानमा रहेको Ischaemic Heart Disease लाई पनि पछाडि पारेको छ। पछिल्ला १० वर्षमा Dementia सम्बन्धी मृत्यु 39% ले बढेको ABS ले जनाएको छ।
Dementia बाट मृत्यु हुनेमध्ये बढी 75 वर्षभन्दा माथिका मानिस थिए। अझ महिलामा यसको प्रभाव झानै धेरै देखिएको छ किनकि गत वर्ष Dementia बाट मृत्यु हुनेमध्ये 62.4% महिला नै थिए।
ABS का Mortality Statistics प्रमुख Lauren Moran अनुसार, “अष्ट्रेलियामा Dementia तीव्र गतिले बढ्नुका पछाडि मुख्य कारण मानिसहरूको आयु बढ्नु र धेरैले उच्च–जोखिम उमेर समूहसम्म पुग्नु हो।”
यसैबीच Coronary Heart Disease का कारण 2024 मा 10,153 पुरुषको मृत्यु भएको ABS ले बताएको छ। हृदय रोगबाट हुने मृत्यु दर लामो समयपछि घटेको छ, तर अझै पनि अष्ट्रेलियाको remote क्षेत्रका मानिसका लागि ठूलो स्वास्थ्य जोखिम बनेको छ।
त्यस्तै, Chronic Lower Respiratory Diseases (जस्तै emphysema र bronchitis) ले गत वर्ष 9,000 भन्दा बढी मानिसको ज्यान लिँदै तेस्रो प्रमुख मृत्यु कारण बनेको छ।
देशमा Drug-induced deaths र Alcohol-induced deaths पनि बढेका छन्। 2024 मा drug-induced मृत्यु 1,947 पुगेका छन् भने alcohol-induced मृत्यु 1,765 पुगेका छन्। यसबाहेक, Suicide अझै पनि premature death (अकाल मृत्यु) को प्रमुख कारण बनेको छ—गत वर्ष 3,307 जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्। यस्तो अवस्थाले अष्ट्रेलियामा मानसिक स्वास्थ्य चुनौती बढिरहेको देखाउँछ।
समग्रमा, ABS को नयाँ तथ्याङ्कले अष्ट्रेलियाको स्वास्थ्य प्रणालीमा ठूलो परिवर्तन भइरहेको संकेत दिन्छ। हृदयघात कम भए पनि Dementia तीव्र रूपमा बढेको, श्वासप्रश्वाससम्बन्धी रोगहरू पुनः बढ्न थालेको, र मानसिक स्वास्थ्य समस्याहरू गहिरिँदै गएको तस्बिर यसले देखाउँछ।






